Comments Add Comment

सुस्मिताले संझिइन्-‘अनमोल पेटमै लामो थियो, ज्योषितलाई हेराएर जन्माएकी थिएँ’

anmol and samragyi
अहिलेका सुपरस्टार नायक अनमोल केसी जन्मिदाको क्षण रोचक रहेछ । अनलाइनखबरसँगको एक भेटमा नायिका सुस्मिता केसीले यो कुरा संझिइन् ।

नायक भूवन केसीसँग अलग भएपछि सुस्मिता एक्लै बस्दै आएकी छिन् । तर, उनको सामिप्यतामा अनमोल सधै छन् । उनले भनिन्-‘मिडियामा नआएको मात्र हो । अनमोल एक हप्ता उता र एक हप्ता मसँग बस्छ । कहिलेकाही खाना बनाए राख्नुहोस् म आउँछु भन्दै आउँछ ।’ आफू अनमोलबाट टाढा नभएको भन्दै उनले छोराको अभाव महशुश नभएको पनि बताइन् ।

आमा सुस्मिताले छोरा जन्मदाको क्षण संझिइन् । उनले भनिन्-‘अनमोल मेरो पेटमा हुँदा नै लामो थियो । यसैले अहिले त्यती अग्लो देखिएको छ । मैले नियमित रुपमा डाक्टर भोला रिजालसँग चेकअप गरिरहेको थिएँ ।’

डाक्टरले बच्चा प्राकृतिक रुपमा नजन्मने र सिजरियन नै गर्नुपर्ने बताएपछि सुस्मिताले ज्योतिषलाई संझिइछन् । भनिन्-‘यदि जन्माउने कुरा हाम्रै हातमा हुने भएपछि ज्योतिषलाई किन नदेखाउनु भनेर देखाएँ । नागपोखरिमा एक जना चर्चित ज्योतिष हुनुहुन्थ्यो । मैले कुन दिन, कति बजे जन्माउँदा छोरा ह्यान्डसम हुन्छ, राजयोग पर्छ भनेर ज्योतिषलाई सोधेँ ।’

छोरा विश्व मै चर्चित भएको हेर्न मन थियो, ह्यान्डसम होस् भन्ने चाहना थियो । यसैले ज्योतिषलाई सबै सोधेकी थिएँ ।’-सुस्मिताले भनिन् ।

ज्योतिषले चैत्र १७ गते वुधबार बिहान साढे ११ बजेको समय दिएका थिएँ । सुस्मिताले रमाइलो गर्दै भनिन्-‘ठ्याक्कै ११ः३० मा अनमोलको टाउको मेरो शरिरबाट बाहिर निकालिएको थियो र उ रोएको थियो ।’

ज्योतिषले नै अनमोलमा ‘राजयोग’ छ भनेको अहिले पनि सुस्मिता संझिन्छिन् । अनमोल अहिले चर्चामा आउनुको पछाडि कारण यो पनि होला त भन्ने प्रश्नमा उनले भनिन्-खै त्यो त कसरि भनुँ । तर, म भने ज्योतिषमा खुबै विश्वास गर्छु ।’

अनमोलको सानोमा खुबै बोल्ने बानी रहेको बताउँदै आमा सुस्मिताले उसलाई ‘खरानी’को कथा मनपर्ने खुलाइन् ।

सुस्मिताले ज्योतिषलाई विश्वास गर्ने भएरै आफूले सोमबार चलचित्रको गीत, ट्रेलर रिलिज गर्ने गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment