Comments Add Comment

सन्यास फिर्ता लिन मेस्सीलाई म्याराडोनाको अपील

Messi-and-maradona

१४ असार, काठमाडौं । अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा फिर्ता लिन लिओनल मेस्सीलाई अपील गरेका छन् ।

कोपा अमेरिकाको फाइनलमा चिलीसँग टाइब्रकेरमा ४-२ ले पराजित भयो, जुन पेनाल्टी सुट आउटमा मेस्स आफैं चुकेका थिए । यो हारपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए ।

कोपा अमेरिकाअघि म्यारानोडाले मेस्सीसँग नेतत्व गर्ने क्षमता कम रहेको बताएका थिए । तर, अहिले सन्यासको घोषणापछि भने उनले मेस्सीले निर्णय फिर्ता लिएर २०१८ को विश्वकपसम्म खेल्नु पर्ने बताएका छन् ।

उनले भने, मेस्सी राष्ट्रिय टोलीमा बस्नुपर्छ । उनी विश्व च्याम्पियन बन्न रसिया जानुपर्छ ।’ मेस्सीले छाड्नुपर्छ भन्नेहरुले अर्जेन्टिनी फुटबलमा कस्तो भयावह अवस्था आउँछ भन्ने आकलन नै नगरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment