Comments Add Comment

असफलताबाट निरास हुनुहुन्छ ? यो बाख्राबाट सिक्नोस् (भिडियो सहित)

यो बाख्रो निकै क्युट छ, फुर्तिलो छ र हिम्मतिलो पनि रहेछ । किनकी यसले कहिल्यै हार मान्नुहुन्न भन्ने सोँच राख्दोरहेछ ।

goatइन्टरनेटमा छाएको यो बाख्राको पाठोप्रति मानिसहरुले उसको मेहेनत र इच्छाशक्तिको खुल्ला हृदयले प्रसंसा गरिरहेको छ ।

मिरर अनलाइनमा छापिएको समाचार अनुसार एउटा बाख्राको पाठोको भिडियो अहिले निकै चर्चित बनेको छ । यो पाठो एउटा सोफामा चढ्ने प्रयास बारम्बार गर्दछ ।

आफुसँगै रहेको अर्को पाठो बुरुक्क उफ्रेर सजिलै सोफामाथि जाने र तल झर्ने गर्न सक्छ । तर सानो चाहीँ पाठो उफ्रिएर सोफामा चढ्ने प्रयास गर्दा असफल भई पटक पटक तलै र्झदछ । अनेक प्रयासपछि बल्ल  अन्ततः उसले सोफा चढ्ने कार्यमा सफलता प्राप्त गर्दछ र सोफामाथि चढ्न सकेपछि खुसियाली मनाएको जसतो भाव प्रकट गर्दछ ।

यो बाख्राको निरन्तरको प्रयास र सफलताले एउटा कथनलाई सम्झाउँछः छालबाट डराएर डुंगा पार हुँदैन, कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन ।

मेमो नामबाट यु ट्युबमा राखिएको यो भिडियो झण्डै ८५ हजारले हेरिसकेका छन् ।

२०७३ असार १४ गते ८:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment