Comments Add Comment

पर्यटक भित्र्याउन नेपाली टोली अमेरिका, सहसचिवसँग नेपाली चिढिए

usa_tourismअमेरिका । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले अमेरिका आएको छ ।

टोलीमा सचिव राई, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मन्त्रालयकै सुदन सुवेदीलगायत १७ जनाको टोली छ । यसबाट पर्यटन कति बिकास होला ? तर जो जो संग खर्च गरेर कार्यक्रम गरियो या गरियो भनियो ति फूड र ट्राभल क्रिटिक्स मात्र हुन् ? पर्यटन प्रबर्धनका लागि यस टोलीले ई टर्बो नामको स्थानीय सडक प्रदर्शनीका लागि विज्ञ संस्थालाई ठेक्का दिइएको छ ।

ई टर्बोले नेपाली साँस्कृतिक झाँकी, एडभेञ्चर ट्रेकिङ, प्याराग्लाइडिङ,आध्यात्मिक सभा आदि आयोजना गरेर नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी गराउने छ ।

सडक प्रदर्शनी जुन २० मा डेनभर, २१ मा फोनिक्स, २३ मा एलए लङबीच, २४ मा सनफ्रान्सिस्को र हिजो अन्तिम जुन २७ मा सियाटलमा सम्पन्न गरेको छ । गत २४ जुनमा सन फ्रान्सिस्कोमा बिशाल पर्यटन कार्यक्रम राखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment