Comments Add Comment

अस्पतालभित्रै सुरु भयो नक्कली डाक्टरको छानविन

१५ दिनभित्र सक्कली प्रमाणपत्र बुझाउन सूचना

१५ असार, काठमाडौं । सरकारले नक्कली डाक्टरहरुमाथि कारवाही थालेपछि कतिपय अस्पतालले आफ्नो संस्थामा कार्यरत डाक्टर र नर्सहरुको प्रमाणपत्र जाँच गर्न थालेका छन् । केही अस्पतालले सूचना नै जारी गरेर डाक्टर, नर्स र कर्मचारीलाई १५ दिनभित्र सक्कल प्रमाणपत्र बुझाउन आग्रह गरेका छन् ।

Fake-Doctorभक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले सार्वजनिक सूचना जारी गरेर स्टाफहरुलाई १५ दिनभित्र सक्कल प्रमाणपत्र पेश गर्न भनेको छ ।

नेपाल सरकारले निजी तथा सरकारी अस्पताल, मेडिकल हल, नर्सिङ होम र स्वास्थ्य सेवासम्बन्धी विभिन्न क्षेत्रमा कार्यरत चिकित्सक, नर्स एवं प्राविधिक कर्मचारीहरुको शैक्षिक योग्यता लगायत प्रमाणपत्रबारे छानविन र कारवाही गर्न थालेकाले आफूहरुले पनि स्टाफको शैक्षिक प्रमाणपत्र जाँच गर्न लागेको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्षद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ-‘यस अस्पताल एवं कलेजहरुमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स, शिक्षक, शिक्षिका, प्राविधिक एवं प्रशासशिनक कर्मचारीहरुलाई आजका मितिले १५ दिनभित्रमा अस्पताल प्रशासन शाखामा सक्कलै प्रमाणपत्रहरु पेश गरी प्रमाणित गराउनु हुन जानकारी गराइन्छ । अन्यथा नेपाल सरकारको कुनै निकायहरुबाट अनुसन्धानको सिलसिलामा पक्राउ समेत पर्न गएमा अस्पताल जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

Nakkali Doctor

चर्चामा डाक्टरी पेशा

केही नक्कली डाक्टरहरुलाई प्रहरीले पक्राउ गरी कारवाही चलाएपछि डाक्टरी पेशालाई व्यग्य गर्नेक्रम बढेको छ । टेलिभित्रजनमा आउने मेरीबास्सै लगायतका हास्यव्यंग्य कार्यक्रममा समेत नक्कली डाक्टरको विषयले प्राथमिकता पाउन थालेको छ ।

त्यसैगरी विभिन्न अस्पतालमा पनि डाक्टर र नर्सहरुका वीचमा नक्कली डाक्टरको चर्चाले प्राथमिकता पाउन थालेको छ । र, यही क्रममा नक्कली डाक्टरबाट आफै सावधान बन्दै नागरिक अस्पतालजस्तै विभिन्न स्वास्थ्य संस्थाहरुले आन्तरिकरुपमै  डाक्टर, नर्स र कर्मचारीहरुको प्रमाणपत्र जाँच गर्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment