Comments Add Comment

नेपाली चलचित्रबाट कपि गरिएको भारतीय फिल्म युटुबबाट हट्यो

kriti and bob
सधै नेपाली चलचित्र विदेशी चलचित्रबाट प्रभावित भएका खबर मिडियामा सार्वजनिक भैरहेका हुन्थ्य । तर, भारतीय चलचित्र पनि नेपाली चलचित्रबाट प्रभावित भएका उदाहरण धेरै छन् ।

हालै मात्र ‘बब’ नामक एक लघु चलचित्रबाट कपि गरेर बलिउड चलचित्रका निर्देशक शिरिष कुन्दरले बनाएको ‘कृति’ नामक लघु चलचित्र युटुबले हटाइएको छ । कपि राइट्सको उजुरी परेपछि युटुबबाट छोटो भारतीय चलचित्र हटेको हो ।

अनिल न्यौपानेले निर्देशन गरेको छोटो चलचित्र ‘बब’बाट पूर्ण रुपमा कपि गर्दै शिरिषले ‘कृति’ बनाएपछि यसले चर्को आलोचना भोगेको थियो । भारतीय मिडियामा पनि यसले उच्च स्थान पाएको थियो ।

फराहा खानले ३ दिन अगाडि मात्र ‘कृति’ले २५ लाख दर्शक युटुबमा पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् । शिरिष र लघु चलचित्रको आलोचना गर्दै ट्विट गरेका नेपाली ट्विटर प्रयोगकर्तालाई फराहा र शिरिषले ट्विटरबाट ब्लक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment