Comments Add Comment

यी हुन् कफी पिउने जागिर खाएकी भारतकै पहिलो महिला

sunalini_menonखान पनि पाउनु र उल्टै खाइदिए बापत पैसा पनि कमाउनु । सायद दुनियामा यो भन्दा ठूलो मज्जा के होला ? दुनियामा कोही मानिसले फगत कफी पिएर चाख्ने जागिर पाउँछ भन्ने सुन्दा विश्वास नलाग्न सक्छ । तर यो संसारमा केही यस्ता भाग्यमानी पनि हुँदा रहेछन् जसले कफी पिउने जागिर खान्छन् ।

सुनलिनी मेनन भारतकी पहिलो यस्ती महिला हुन् जसले भारतीय कफी बोर्डमा कफी चाख्ने जागिर गरिन् । उनले अरु केही काम गर्नु परेन, मात्र बोर्डले उत्पादन गरेको कफी पिएर चाख्ने र त्यसको गुणवत्ता तथा स्वादको परीक्षण गरी हाकिमसमक्ष जस्ताको तस्तै प्रस्तुत गरिन् ।

भारतीय कफी बोर्डमा जागिर गर्दाको दौरान उने लैंगिक भेदभावको विरुद्धमा संघर्ष गर्नुपरेको थियो । कफी बोर्डमा सहायक स्वादकर्ता अर्थात् कफी चाखेर स्वाद बताउने जागिर खाँदा उनीसँग प्रतिस्पर्धामा भिड्ने अन्य पाँचै जना पुरुष थिए ।

अहिले चालिस वर्षपछि पनि उनको जिब्रोेले निकै शानदार तरिकाले स्वाद चखाईको काम गर्नसक्छ । हाल उनी विदेश निर्यात गर्ने पि्रमियम कफी उत्पादन गर्छिन् । कफी ल्याब लिमिटेडमा उनले मुख्य कार्यकारीको रुपमा अहिले काम गर्छिन्, जुन संस्था १९९६ मा स्थापना भएको थियो । कफी बोर्डबाट स्वेच्छाले राजिनामा दिएसँगै उनी कफी ल्याबसँग आबद्ध भएकी थिइन् ।

वर्षौँसम्मको कफी चखाइको अनुभवपछि उनी कफीको पहिलो चुस्कीबाटै कफीको बारेमा धेरै कुरा बताउन सक्ने भईसकेकी छिन् । कफीको सुगन्धले नै आफुलाई यसको प्रकार तथा गुणस्तरका बारेमा महत्वपूर्ण जानकारी दिने उनी बताउँछिन् । आफुले कफी सुँघेरै त्यसको बिउका बारेमा थाहा पाउने तर त्यसलाई एकिन गर्नका लागि अलिकति चाख्नुपर्ने बताउँछिन् ।

कफीँ चाख्ने जागिर खान चाहनेहरुका लागि उनको सुझाव छ । यस्तो जागिर गर्न चाहनेहरुले चुरोट, रक्सी पिउनु हुँदैन । सुर्ति चपाउने तथा पिरो मसलेदार खानेकुरा पनि खानु हुँदैन भने रुघाखोकी र एलर्जीबाट बच्नुपर्छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment