Comments Add Comment

निर्देशकले अश्लिलता झल्कने दृश्यका लागि वाध्य बनाउन नपाइने

bold scene of nepali film
नेपाल सरकारले ‘चलचित्रकर्मी आचारसंहिता २०७३’ ल्याउने भएको छ । मन्त्रालयले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थामा राय सुझाबको लागि पठाएको आचारसंहितामा चलचित्र प्रदर्शनअघि हलमा राष्ट्रिय गीत बजाउनैपर्ने उल्लेख गरेको छ । एकता र राष्ट्रियताको सन्देशलाई मजबुत बनाउन राष्ट्रिय गान अनिवार्य गरिएको मन्त्रालयको भनाई छ ।

नग्नता, अश्लिलता र अभद्र देखिने र सामाजिक मर्यादा विपरितका चलचित्र बनाउन नपाउने उल्लेख गरिएको छ । निर्देशकले कुनै पनि कलाकारलाई अश्लिलता झल्किने दृष्यका लागि वाध्य पार्न नपाइने उल्लेख छ । त्यस्तै कलाकारले पनि त्यस्ता दृष्यमा अभिनय गर्न नहुने उल्लेख छ ।

कतिपय निर्देशकले महिलालाई प्रलोभनमा पारेको तर्फ पनि मन्त्रालयको ध्यानाकर्षण भएको छ । ‘कुनै पनि प्रलोभन देखाई वा दबाबमा पारी महिलालाई चलचित्र क्षेत्रमा काम लगाउन र कुनै पनि किसिमले महिला हिंसा तथा यौन शोषण गर्नु हुन्न’ आचार संहितामा उल्लेख छ ।

अहिलेसम्म छलफलमै सिमित रहेको बक्स अफिस लागू गरि त्यसको कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।
बेला मौकामा सामाजिक सञ्जालमा अभद्र शैलिमा प्रस्तुत हुने कलाकारका प्रवृत्तिप्रति पनि आचारसंहितामा उल्लेख गरिएको छ । फेसबुक, युट्युब वा अरु कुनै माध्यममा कसैको चरित्र हत्या गर्न नहुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment