Comments Add Comment

असारे हिलोमै कथाले मागेपछि… (फोटोफिचर)

मनोरञ्जन विधामा फेरिँदैछ कृषि पेशा

Sampada Baniya and Nirajan Pradhan Asar 15

१५ असार, काठमाडौं । तस्वीरमा देख्न सक्नुहुन्छ, एउटा युगल जोडी छेउमा धानको बीउका मूठा राखेर हिलोमा झ्वाम्मै चोपलिएको छ । तर, यो कुनै सक्कली रोपाईँ होइन, बरु रोपाहार र बाउसेको भेषमा गरिएको ‘मोडलिङ’ हो ।

गाउँका किसानले असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा लिन्छन् । उनीहरुका लागि आजको दिन ‘दिसा गर्न बसेका बेला पिसाब फेर्न फुर्सद नहुने’ दिन पनि हो । तर, अब यसलाई किसानको दुःख र धपेडीसँग मात्रै तुलना गर्न मिलेन । असारे हिलोमा ‘मोडेल’हरु समेत लत्पतिन थालेपछि नेपालको कृषि पेसामा अब मनोरञ्जन विधा समेत प्रवेश गरेको छ ।

Sampada Baniya and Nirajan Pradhan Asar 15- 2

विगतका दिनमा रोपार, बाउसे र हलीहरुको हुलसहित हिलाम्मे खेतमा धान रोप्न निस्किन्थे किसानहरु । यो कुनै रहर नभएर पेट पाल्नका लागि हिलोमा पस्नुपर्ने बाध्यात्कम कर्म थियो उनीहरुको । तर, बदलिँदो समयक्रमसँगै रोपाइँको मौलिकता अब कस्मेटिक बन्न थालेको छ । यस्तो लाग्छ, धान रोप्ने हिलो आजभोलि बहुउपयोगी भएको छ । हिलोमा मोडलिङ गरेर चलचित्रको प्रचार गर्ने माध्यम पनि बनेको छ असारे हिलो ।

असार १५ मा हिलोमा चोपलिने र तस्वीर खिचाउने काममा कलाकार मात्रै छैनन्, नेताहरु पनि छन् । बुधबार काभ्रेमा एमाले नेता वामदेव गौतमले गरेको रमाइलो होस् या ललितपुरमा भूमिसुधारमन्त्री रामकुमार सुब्बाले खेलेको हिलो होस्, यसबाट असार १५ को ‘मोडलिङ’मा कलाकारदेखि नेतासम्मको आकर्षण बढेको पुष्टि हुन्छ । र, यसलाई किसानहरुले निन्दा गर्नुभन्दा आफ्नो पेशाप्रतिको अन्य निकायको आकर्षणका रुपमा लिने हो भने असार १५ साँच्चै नै एउटा राष्ट्रिय महोत्सवजस्तो बन्न सक्छ ।

Sampada Baniya and Nirajan Pradhan Asar 15-3

विगत केही वर्षयता हिलोमा चोपलिने कामलाई गैर कृषि क्षेत्रबाट पनि रमाइलोका रुपमा लिने चलन सुरु भएको छ । नायक नायिका र मोडेलहरु नयाँ पहिरनसहित चिटिक्क परेर खेतमा पस्छन् र एकअर्कामा रमाइलो गरेर फर्किन्छन् ।

असार १५ लाई यसरी नै रमाइलो गरी मनाउन मोडलद्वय निराजन प्रधान र सम्पदा बानियाँ काभ्रेको पनौतीमा यसरी प्रस्तुत भएः

हेर्नुस् थप तस्वीर

Sampada Baniya Asar 15 (1)

Sampada Baniya Asar 15 (3)

Sampada Baniya Asar 15 (4)

Sampada Baniya Asar 15 (5)

Sampada Baniya Asar 15 (6)

Sampada Baniya Asar 15 (7)

Sampada Baniya Asar 15 (8)

Sampada Baniya Asar 15 (9)

Sampada Baniya Asar 15 (10)

Sampada Baniya Asar 15 (11)

Sampada Baniya Asar 15 (12)
Sampada Baniya Asar 15 (14) Sampada Baniya Asar 15 (15)
Sampada Baniya Asar 15 (17)

Sampada Baniya Asar 15 (18)

Sampada Baniya Asar 15 (19)

Sampada Baniya Asar 15 (20)

Sampada Baniya Asar 15 (21)

Sampada Baniya Asar 15 (22)

Sampada Baniya Asar 15 (23)

Sampada Baniya Asar 15 (2)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment