Comments Add Comment

ट्राफिक प्रहरीको चिन्ताः ४१ हजार स्मार्ट लाइसेन्स केले जाँच्ने ?

ट्राफिकले अझै पाएन स्मार्ट ह्याण्ड रिडर

Smart-card
१५ असार, काठमाडौं । यातायात व्यवस्था विभागले ४१ स्मार्ट लाइसेन्स वितरण गरिसक्यो, झण्डै १० हजार वितरणको प्रक्रियामा छन् ।  तर, स्मार्ट लाइसेन्सलाई जाँच्ने सफ्टवेयर, अनलाइन लिंक र हाते मेसिन ट्राफिक प्रहरीको हातमा अझै परेको छैन ।

ह्याण्ड होल्ड रिडर नभएपछि स्मार्ट लाइसेन्स चेक गर्न तथा त्यसमा ट्राफिकले नै कारवाहीको डाटा राख्न पाएको छैन । यसैकारण चालकलाई नियमन र निगरानी गर्ने अन्योलमा परेको  महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह-प्रवक्ता राजेन्द्र भट्टले अनलाइनखबरलाई बताए ।

ट्राफिक प्रहरीले अहिले दैनिक रुपमा स्मार्ट कार्ड लाइसेन्स बोक्नेहरु कारवाहीमा पर्न थालेको जनाएको छ । विशेष गरी लेन अनुशासन मिच्ने र मादक पदार्थ सेवन (मापसे) गर्नेलको लाइसेन्स चेक गर्न ह्याण्ड रिडर नहुँदा धेरै समस्या परेको भट्टले बताए । यस्ता लाइसेन्समा कारवाहीको रेकर्ड राख्न भने ट्राफिक प्रहरी विभागकै भर पर्नु परेको छ ।

स्मार्ट लाइसेन्सको डाटालाई विभाग र प्रहरीले अनलाइन लिंक र मेसिनमार्फत हेर्न सक्छन् । तर, विभागले ट्राफिकलाई एकथान कम्प्युटर दिएपनि लाइसेन्स प्रणालीको अनलाइन लिंक दिएको छैन ।

पुराना लाइसेन्समा जस्तो स्मार्ट लाइसेन्समा प्वाल पार्न पाइँदैन । अहिले ट्राफिकले स्मार्ट लाइसेन्स हेरेर मात्रै छोड्नु पर्ने अवस्था छ।
स्मार्टकार्डमा सीमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर हुन्छ ।

स्मार्ट लाइसेन्सको डाटालाई विभाग र प्रहरीले अनलाइन लिंक र मेसिनमार्फत हेर्न सक्छन् । अब कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिन्छ ।

तर, अहिलेसम्म ट्राफिकसँग त्यसमा कारवाहीको रेकर्ड राख्न न सफ्टवेर लिंक छ, न स्मार्ट लाइसेन्सलाई स्पटमा नै पढ्न सक्ने कुनै मेसिन नै । त्यसै कारण स्मार्ट लाइसेन्सले ट्राफिक प्रहरीलाई कार्य सम्पादनमा समास्या ल्याउन थालेको अधिकारीहरु बताउँछन् ।

विभागले लामो समयदेखि अनलाइन लिंक र स्मार्टलाईसेन्स रिडर प्रविधि दिने योजना रहेको बताएपनि अझै ढिलाइ गरिरहेको छ ।

विभागमा प्रवक्ता कम्इुटर इन्जिनियर राजकुमार प्रधान केही समयभित्रै ट्राफिकलाई सफ्टवेरको लिंक र ह्याण्ड रिडर दिइने बताउँछन् ।

आयो तर, दिइएन
यातायात व्यवस्था विभागले १ सय वटा ह्याण्ड रिडर खरिद गरिसकेको छ । तर, ल्याएर थन्किएको लामो समय भइसक्दा पनि वितरण गरिएको छैन ।

अनलाइन लिंक दिन नसक्दा ह्याण्ड रिडर उपलब्ध गराउन सकेको छैन । ह्याण्ड रिडर मेसिन मोबाइल जत्रै हुन्छ । यसमा कार्ड राखेर त्यसका डाटा हेर्न सकिन्छ ।

ट्राफिक प्रहरीलाई कारवाहीको रेकर्ड राख्ने लिंक पनि नदिएको विभागले प्रहरीलाई फिल्ड खटिँदा आवश्यक मेसिन खरिदमा ढिलाइ गरिरहेको छ ।

काठमाडौंका लागि ५० थान भन्दा बढी हृयाण्ड होल्ड रिडर आवश्यक हुने उनले बताए । यसैगरी यो मेसिन जिल्ला-जिल्लाका ट्राफिक प्रहरीलाई पनि फिल्डमा खटिँदा अनिवार्य आवश्यक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment