Comments Add Comment

मेस्सीलाई चिठ्ठी

Messi_arjentina

प्रिय मेस्सी,

म कसरी सुरुवात गरूँ या सम्बोधन , हुन त म रोनाल्डोको फ्यान हुँ उनी जहाँ गए म त्यही क्लबको फ्यान भएँ तर त्यो भन्दा पहिला म एक सच्चा फुटबल प्रेमी…सायद त्यही भएर होला कुनै खेलाडी प्रती कहिल्यै घृणा पलाएन यो मनमा ।

आजसम्म कुनै खेलाडीको तुलना कुनै खेलाडीसँग गरिन र गर्ने पनि छैन । वर्तमान विश्वका महान् फुटबलर रोनाल्डो र तिम्रो कहिल्यै तुलना गरिनँ किनकी मलाई थाहा थियो दुई हिराबिच उत्कृष्ट छनोट गर्ने मसँंग न खुबी छ न त हैसियत नै । तिम्रो खुट्टामा जादु छ भन्ने कुरा न म नकार्न सक्छु न दुनिया ।

Madhusudan-Dhakalमेस्सी,
तिम्रो खेल हेर्न कयौं रात निन्द्रा त्यागेको छु, कयौं भोक प्यास पीडा पारिवारिक माया त्यागेको छु र एउटा फुटबल प्रेमीले त्याग्ने हरेक कुराहरूबाट म अछुतो छैन । तिमीले हानेका हरेक गोल मेरै खुट्टाले हानेझै लाग्थ्यो र पागल सरी मध्य रातमा बौलाउथेँ । तिम्रो हरेक गोलमा खुशीले उफ्रेको छु…तिमीलाई चोट लाग्दा कहिले खुच्चिङ् भनिनँ, भन्न पनी कसरी सक्थेँ र ?

मेरा आँखाले तिम्रा हरेक चोटलाई सहन नसकेर आँसु बगाइदिन्थ्यो बस….. म सम्हालिन खोज्थेँ। आज तिम्रो अन्तरराष्ट्रिय फुटबल बाट सन्यास लिने निर्णयले स्तब्ध छु, यति बिक्षिप्त र भाव बिब्हल छु कि मानौ अव आइन्दा संसारमा कुनै फुटबल खेल नै हुने छैन ।

तिम्रो निर्णय सहि छ या गलत त्यो त मलाई थाहा छैन तर करोडौं फुटबल प्रेमीको मनमा जुन सुनामी तिम्रो निर्णयले ल्यायो, म पनि त्यो सुनामी बाट बढारिएँ । तिमी नि मान्छे हौ र यो नाताले तिमीले आफूबाट सक्नेजति दियौ भलै त्यो तिम्रो देशले पाएन होला । तिम्रो देशले पाएको सबैभन्दा ठूलो उपहार मेस्सीनै हो जुन विश्वका न कुनै देशले पाएको थियो संभवतः न अब पाउँने छ ।

विश्व बिजेताहरु समयसँगै फेरिएका छन् र फेरिने पनी निश्चित छ तर मेस्सी फेरिने छैन । खेल हो हारजित हुन्छ, तर यो कुरा धेरैले बुझेनन् र बुझ्न जरुरी पनि छैन । खेलप्रतिको लगाव र देशप्रतिको मोह मैले तिमीमा त्यतिबेला महसुस गरेँ जतिबेला तिम्रो आँखाबाट आँसुहरू आफूलाई थेग्न नसकेर आँखाका डिलमा टिलपिल टिलपिल गर्दै थिए, भलै म र म जस्ता करोडौँ शुभचिन्तकहरु मा त्यो आँधी गैसकेको थियो ।

एक पेनाल्टी चुक्दा तिम्रो मजाक बनाउनेहरु पनि देखेँ, तर दुःखी नहोउ दुनियाँ स्वार्थी छ । यो छेपारोले भरिएको संसार हो जस्ले जतिबेलै रङ् फेर्न सक्छ । अब तिमीले ती मान्छेका लागि फुटबल खेल जसको मानसपटलमा फुटबलको अर्को नाम मेस्सी भनेर अमीट छाप परेको छ ।

उही तिम्रो प्रिय समर्थक
मधुसुदन ढकाल, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment