Comments Add Comment

‘दिवानादेखि फ्यान’सम्म, जान्नुहोस् साहरुखको २४ बर्षे बलिउड यात्रा

srk in fan movie
२६ जुन १९९२ मा बनेको हिन्दी चलचित्र ‘दिवाना’वाट साहरुख खानले बलिउडमा डेब्यु गरेका थिए । साहरुख बलिउडमा प्रवेश गरेको २४ वर्ष भयो । चलचित्र ‘दिवाना’मा समावेश ‘कोई न कोई चाहिए’ बोलको गीत निकै हिट थियो तत्कालिन समयमा । यस चलचित्रले बक्स अफिसमा सफलता पाएको थियो ।

‘दिवाना’देखि ‘फ्यान’सम्म आईपुग्दा उनले अनेक उतार चढाब पार गरेका छन् । यो विचमा अलग-अलग भुमिकामा देखिए पनि । तर, पनि उनको संघर्ष जारी छ ।
पहिलो वर्ष नै ‘दिवाना’सँगै ‘चमत्कार, दिल आशना है र राजु बन गया जेन्टल मेन’ रिलिज भएको थियो ।

साहरुखले स्थापित हुनका लागि मुम्बईमा धेरै संघर्ष गर्नु परेको थियो । सन् १९८५ मा दिल्लीको हंसराज कलेजवाट अर्थशास्त्रमा डिग्री गरे लगत्तै इस्लामिया कलेज अफ मास कम्युनिकेशनमा मास्टर्स गरेका थिए ।

त्यसपछि उनी दिल्लीकै एक्सन थिएटर ग्रुपमा जोडिए । १५ वर्षको उमेरमा उनको बुबाको क्यान्सरको कारण मृत्यु भएको थियो भने सन् १९९० मा आमाको पनि निधन भएपछि सन् १९९१ मा उनी मुम्बई आएका थिए ।

अहिले उनी बलिउडका रोमान्टिक हिरोको रुपमा चिनिन्छन् । तर, उनले ‘बाजीगर र डर’मा एन्टी हिरोको भुमिका निर्वाह गरेका छन् । ति दुबै चलचित्रमा उनको कामको तारिफ भएको थियो ।

‘डर’मा काम गरेपछि उनको सम्बन्ध यशराज फिल्मसँग जोडियो । सन् १९९४ मा साहरुखको अर्को चलचित्र रिलिज भयो, ‘कभी हाँ कभी नाँ’ । सन्की प्रेमिको भुमिका निर्वाह गरेको अर्को चलचित्र आयो ‘अन्जाम’, जुन चलचित्रलाई दर्शकले अस्वीकार गरिदिए । तर, सोहि चलचित्रवाट बेष्ट भिलेनका लागि फिल्मफेयर अवार्ड पाए ।

सन् १९९५मा रिलिज भएको ‘करण अर्जुन’ र त्यसपछिको ‘दिलवाले दुल्हनिया ले जायंगे’ रिलिजपछि भने उनी रोमान्टिक हिरोको रुपमा दहरिए । अहिलेसम्म पनि रोमान्टिक हिरोका रुपमा स्थापित छन् ।

साहरुखले मुम्बई आएसँगै यो शहरमा राज गर्छु भनेर घोषणा गरेका थिए । उनी अहिले बलिउडको राजा बनेका छन् र विश्वमा सर्वाधिक चर्चित छन् । ट्विटरमा उनका २ करोड फ्यान छन् । साहरुखको भारतसँगै विश्वका कुना-कुनामा फ्यानको संख्या अथाहा छ ।

उनै साहरुख चलचित्र निर्माण, अभिनयसँगै रेड चिल्ली र कोलकत्ता नाइट्स राइडर्सका मालिक पनि हुन् । उनी विश्वकै दोश्रा धनी कलाकार हुन् ।

उनीसँग ६ सय करोड डलर सम्पत्ती छ । मुम्बइको एक सामान्य परिवारमा जन्मिएका साहरुख आज विश्वभर परिचित छन् । उनको संघर्षपूर्ण जीवन लाखौका लागि प्रेरणाको श्रोत पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment