Comments Add Comment

सत्तापक्ष र प्रतिपक्षको कुरो मिल्यो, भूकम्पपीडितलाई पहिलो किस्तामा डेढलाख दिने सहमति

Samsad

१५ असार, काठमाडौं । सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच चारबुँदे सहमति भएको छ । सहमतिसँगै व्यवस्थापिका संसदको अवरोध हटेको छ ।

सत्तारुढ तीन दल र प्रतिपक्षी कांग्रेसका नेताहरु रहेको कार्यदलको बुधबार बसेको बैठकमा चारबुँदे सहमति भएको हो । दलहरको सहमतिपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले संसलार्इ सम्बोधन गरेका छन् ।

कार्यदल सदस्य एवं राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीका अनुसार कार्यदलले चारबुँदे सहमति गरेको छ । उनका अनुसार भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार दिने सहमति भएको छ । दोस्रो किस्ता ५० हजारको हुनेछ ।

कांग्रेसले २ लाख रुपैयाँ एकमुष्ट दिनु पर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएको थियो । अहिलेको कार्यविधिअनुसार पहिलो किस्ता ५० हजार मात्र दिन सकिने व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे बचनबद्धता जनाउने सहमति भएको कांग्रेस सचेतक ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

प्रमुख दलहरुबीच दलहरुबीच कांग्रेसले राखेका अन्य मागबारे पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment