Comments Add Comment

नयाँ शक्तिको केन्द्रीय अध्यक्षमा निर्मल भट्टराईको उम्मेदवारी घोषणा

कार्यबिभाजनमा असन्तुष्ट भट्टराईले भने- देश दौडाहामा निस्किन्छु

१५ असार, भक्तपुर । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य निर्मल भट्टराईले पार्टी अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् ।

Nirmal-Bhattarai,-NayaShaktiबुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराए ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले तीन सहसंयोजकसहित प्रदेश संयोजक समेत बनाएर कार्यविभाजन गर्दा आफूलाई स्थान नदिइएको भन्दै भट्टराई असन्तुष्ट छन् ।

नयाँ शक्ति पार्टीको विधान मंगलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा गर्दै भने, ‘पार्टीको अन्तरिम विधानको धारा ६ को उपधारा (ख) मा व्यवस्था भएबमोजिम नयाँ शक्ति नेपालको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’

आजैदेखि आफ्नो एजेन्डा लिएर देश दौडाहामा निस्कने बताउँदै उनले एक वर्षभित्र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे ।

भट्टराई तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालका स्वकीय सचिव थिए । दोस्रो संविधानसभा निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी एमाओवादी प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment