Comments Add Comment

नवलपरासीको ९० प्रतिशत खेतमा धान रोप्न बाँकी

Dhan-Ropai
१५ असार, नवलपरासी । राष्ट्रिय धान दिवस नवलपरासीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तराई क्षेत्रको अन्न भण्डार मानिने जिल्ला मध्येकाे एक नवलपरासीमा यसवर्ष अाजसम्म १० प्रतिशत खेतमा धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका ९० प्रतिशत धान राेपाइँ हुने खेत बाँझै छन् ।

जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न कृषक समूहले जिल्लाका विभिन्न स्थानमा यो दिवस मनाएका छन् । गतवर्ष नवलपरासी जिल्लामा ४६ हजार ६ सय ९० हेक्टरमा धान खेति भएकोमा १ लाख ९७ हजार ५ सय ४७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

आवश्यक रासायनिक मल, सिँचाइ र समयमा पानि नपर्दा किसानहरु भने समस्यामा पर्ने गरेका छन् । नवलपरासीमा मुख्यः सावित्री,  मनसुली,  राधा ४ लगायत उन्नत जातका धानको बीउ  रोप्ने गरिन्छ ।

नेपालमा खाद्यान्न बलीहरुमध्ये उत्पादनको हिसाबले पहिलो बाली मानिने धानको उत्पादनलाई बढाउन यो दिवस मनाइँदै आएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment