Comments Add Comment

प्रधानमन्त्रीको जवाफ कांग्रेसलाई चित्त बुझेन, सम्बोधन केहिबेर रोकियो

KP-Oli-Samsad-ma
फाइल तस्वीर

१५ असार, काठमाडौं । प्रमुख दलहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीको प्रतिवद्धता नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै कांग्रेस सांसदहरुले उठेर विरोध गरे र प्रधानमन्त्रीले केहिबेर बोल्न पाएनन् । सभामुख ओनसरी घर्तीको आग्रहपछि कांग्रेस सांसदहरु बसे र प्रधानमन्त्रीले बोल्न सुरु गरे ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षको कुरा आफूले नबुझेको बताए । ५० हजारमा १ लाख थपेर डेढ लाख पुर्‍याउने सहमति भएको तर, अन्तराष्ट्रिय दातासँग सहमति गर्नुपर्ने उनले बताए । उनले भने, ‘फेरि भएन भनेको के हो ?’ उनले अघि भने, ‘म आग्रह गर्न चाहन्छु, हामीले समस्या अनावश्यक ढंगले बल्झाउने होइन ।’

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले पहिलो किस्ता डेढ लाख बनाउन सकिने बताए । बाँकी रकम घर निर्मामाणको निरीक्षण गरेर उपलब्ध गराउन सकिन्छ । ‘तर, सहमति भयो भने…’ भन्ने शब्द प्रयोग भएपछि कांग्रेस सांसदहरु अलमलमा परे । सभापति शेरबहादुर देउवाले सांसदहरुतिर फर्किएर मुखामुख गरे ।

प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा कांग्रेसका सांसदहरु उठे र प्रधानमन्त्रीको सम्बोधन प्रष्ट नभएको भन्दै विरोध गरे ।

सभामुखको आग्रहपछि कांग्रेस सांसदहरु बसेपछि फेरि बोलेका प्रधानमन्त्रीले भने, ‘मैले त नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment