Comments Add Comment

सुदूरपश्चिममा लगातार दुई भूकम्पको धक्का

Bhukampa

१५ असार, काठमाडौं । सुदूरपश्चिमको बझाङको धमेना गाबिस केन्द्र बिन्दू बनाएर आधा घण्टामा चार पटक भुकम्प  गएकाे छ । बुधबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ३ बजेर २९ मिनेटकाे बीचमा ३.६ देखि ५ म्याग्निच्यूडकाे भूकम्प गएपछि स्थानीयमा त्रास फैलिएको छ ।

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ स्केलको, ३ बजेर १२ मिनेटमा ४.२ रेक्टर स्केलको त्यसै गरि ३ बजेर २८ मिनेटमा ३.८ रेक्टर स्केलको ३बजेर २९ मिनेटमा ३.६ रेक्टर स्केलको भुकम्प आएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प बाट भएको क्षतीको भने विबरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बझाङका डिएसपी नरेन्द्र चंदले भूकम्प बाट क्षति भए नभएको एकिन बिबरण अझै आउन नसकेको बताउँदै यसका लागि सुरक्षाकर्मीलाई तयार राखिएको जानकारी दिए ।

नेपालमै सबैभन्दा बढी भूकम्पको जोखिम मानिने बझाङको दुर्गम गाउँहरुमा भौतिक संरचना एकदमै कमजोर भएकाले क्षति हुन सक्ने सम्भावना रहेको डिएसपी चन्दको भनाइ छ ।

जमिन हल्लीन थालेपछि स्थानीय सुरक्षित स्थानमा पुगेका थिए । भूकम्प फेरि पनि आउन सक्ने भन्दै स्थानीयबासी चिन्तित छन् । बझाङ जिल्ला प्रशासनले पनि जुनसुकै बेला भूकम्प जानसक्ने भन्दै सुरक्षित रहन जिल्लावासीलाई आग्रह गरेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले स्थानीयवासीलाइ पूर्व तयारीका साथ सुरक्षित स्थानको पहिचान गर्न आग्रह गरेका छन् । उनले उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाएका छन् ।

दुवै भूकम्प गत बर्ष गोरखा केन्द्रबिन्दू बनाएर गएको बिनाशकारी भूकम्पको पराकम्पन नभएको मापन केन्द्रले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment