Comments Add Comment

बागलुङमा खुल्यो डिश होमको चौधौं सेवा केन्द्र

dishhome-sew
१५ असार, काठमाडौं । डिश होमले चरिकोटमा चौधौं सेवा केन्द्र थप गरेको छ । डिशहोमका  नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले संयूक्त रुपमा सेवा केन्द्रको उद्रघाटन  गरे ।

काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ्ग, लाहान, जनकपुर, चरिकोट, महेन्द्रनगर र बागलुङ्ग गरी १४ सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् । ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्रहरु विस्तार गरिएको हो ।

डिशहोम सेवा केन्द्रहरुबाट हार्डवयर र अन्य सर्भिस सम्बन्धी समस्याको समाधान र घरमै पुगेर दिने प्राविधिक सहायोग गरिने छ ।  रिचार्ज र सिग्नल सम्वन्धी समस्या पनि सेवा केन्द्रमार्फत समाधान गरिनेछ ।

स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिश होमले विगत ५ बर्षदेखि  नेपाल भर ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विनातार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । सिधै  स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हँदा यसको ध्वनी (साउण्ड) र दृश्य  (पिक्चर) दुबै गुणस्तरीय हुन्छन् ।

डिशहोमले आफ्नो सेवामा १५ उत्कृष्ट हाइ डेफिनेसन च्यानल प्रसारण गर्दै आएको छ । डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ ।  डिशहोमले दिने सेवामा सम्पूर्ण स्पोटस् तथा ज्ञानबर्दक च्यानलहरु समेत समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment