Comments Add Comment

मधेसी मोर्चासँग वार्ता गरेर समस्या समाधान हुँदैनः उपेन्द्र यादव

Upendra-Yadav

१५ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धन आन्दोलनमा रहेको भन्दै सरकारले उसैसँग वार्ता गर्नु पर्ने बताएका छन् ।

संघीय गठवन्धनका संयोजक समेत रहेका यादवले भने, ‘गठवन्धन आन्दोलनमा छ, त्यसैले गठवन्धनसँगै वार्ता गर्नुपर्छ ।’

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा यादवले अघि भने, मधेसी मोर्चासँग वार्ता गरेर समस्याको समाधान हुँदैन । यदि सरकारले समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै वार्ता गरेर निकास निकाल्नुपर्छ ।’

सरकारले भने मधेसी मोर्चालाई पटक-पटक पत्र पठाएर वार्तामा आउन आहृवान गर्दै आएको छ ।

संघीय गठबन्धनको आन्दोलनमा मधेसी मोर्चाको समेत समर्थन रहेको उनले बताए । गठवन्धनको नाममा भइरहेको अनसनमा मोर्चाका नेताहरु भईरहेको अवस्थामा राजेन्द्र महतो र महन्थ ठाकुर किन सहभागि नभएको भन्ने प्रश्नमा उनले उनीहरुलाई नै सोध्न सुझाव दिए ।

गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दाबी गर्दै यादवले भने, ‘मलाई गठबन्धनमा रहेका २८ दलले संयोजक चयन गरेको हो । यसमा सबैको समर्थन छ । तर कसैलाई ब्यक्तिगत रुपमा ईश्र्या भए मलाई केही भन्नु छैन ।’

फोरम अध्यक्ष यादवले आफूले भन्ने गरेको संविधान पुर्नलेखन र संशोधन फरक विषय नभएको भन्दै संशोधन समस्या समाधानको प्रक्रिया र पुर्नलेखन परिणाम भएको तर्क गरे ।

गठबन्धनले जारी राखेको सत्याग्रह आन्दोलनमा एमाले बाहेकका सबै दल र नागरिक समाजले समर्थन रहेको भन्दै उनले गठबन्धनको आन्दोलनले जितिसकेको दाबी गरे । उनले भने, ‘शान्तिपूर्ण रुपमा राज्यले नसुने आन्दोलनलाई हिंसातिर धकेल्न खोजेको पुष्टि हुन्छ ।’

असार मसान्तसम्म आन्दोलन सत्याग्रहकै रुपमा अघि बढ्ने र त्यसपछि पनि नसुनेस्वरुप परिवर्तन हुने उनले बताए ।

उनले यथास्थितिमा सरकार तयारी गरेको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नहुने दाबी गरे । ‘जवरजस्ती संविधान जारी गरेर गल्ती गरे । अब अर्को गल्ती चुनाव गराउन खोजेर गर्दैछन्’ संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘चुनाव ज्ञानेन्द्रले पनि गरेका थिए । केपी ओली पञ्चायती फर्मुलामा चलिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment