Comments Add Comment

कोल्ड कफी जस्तो इटली र जर्मन प्रशिक्षकले चाख्न चाहेको स्वाद

Joachim-low

ठूूला प्रतियोगितामा जर्मनीको इटलीबिरुद्ध नतिजा निराशाजनक छ । विश्व च्याम्पियन जर्मनीका लागि यस्तो मनोबैज्ञानिक आघातबाट बाहिर निस्किने श्रोत पनि त छैन । यो जर्मन प्रशिक्षक जोचिम लोको भनाइ हो । जो आगामी शनिबार चीर परिचित प्रतिद्धन्दी इटलीसँग सेमिफाइनल प्रवेशको लागि भिड्दैछ ।

इटलीसँगको क्वार्टरफाइनल खेलको दुई दिनअघि मंगलबार लोले खेलाडीलाई छुट्टी दिए । म्याट हृयुमल्स र आन्द्रे सर्लेलाई असाध्यै मनपर्ने बीच भलिवलको आनन्द जर्मन टिमले लियो ।

जर्मनीले अहिलेसम्म विश्वकप र युरोकपको नकआउट चरणमा इटलीलाई हराउन सकेको छैन । गत संस्करणको सेमिफाइनलमा पनि मारियो बालोटेलीको गोल मार्फत जर्मनी इटलीसँग पराजित हुँदै बाहिरिएको थियो ।

त्यसअघि १९७० को विश्वकप सेमिफाइनल, १९८२ को विश्वकप फाइनल र २००६ को विश्वकप सेमिफाइनलमा पनि जर्मनी इटलीसँग निरिह बनेको इतिहास छ ।

यसअघिको संस्करणमा उपाधिको प्रमुख दावेदार जर्मनीको लागि सेमिफाइनलमा इटलीसँग पराजित हुनुपर्दाको क्षण प्रशिक्षक जोचिम लोका लागि समेत तीतो थियो । ‘हामीले प्रमुख प्रतियोगितामा इटलीसँग धेरै हारेका छौं, तर हामी आधात छैनौं,’ प्रशिक्षक लो ले भने, ‘हामीले इतिहासलाई धेरै माान्यता दिदैनौं ।’

‘उ (इटली) एउटा अलग टोली भएको छ अहिले’ जर्मन प्रशिक्षक लो ले थपे, ‘यसैकारण उनीहरु कोल्ड कफीजस्ता छन्, ताजा ‘एस्प्रेसो’ खुवै मीठो हुन्छ, म आशा गर्छु कि यस्तै स्वाद आगामी शनिबार पनि देख्न पाइयोस् ।’

गएको आइतबार राति लगातार दुई पटकको साविक विजेता स्पेनलाई २-० ले पाखा लगाउँदै इटली फ्रान्स युरोको क्वार्टरफाइनलमाा पुगेको हो ।

जोचिम लो ले नेतृत्व गरेको जर्मनी अहिलेको विश्व च्याम्पियन हो । त्यही टोलीले गत मार्चमा इटलीलाई ४-१ गोलले पराजित गरेको थियो । ‘हामीलाई उनीहरुसँग डर छैन,’ लो ले भनेका छन्, ‘हामीलाई थाहा छ कि हामी के गर्न सक्छौं र यदी हामीले गर्न सक्छौं भने हाम्रा लागि जितको सबैभन्दा ठूलो अवसर यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment