Comments Add Comment

बलात्कार सम्बन्धी बयानमा सलमानले मागेनन् माफी

salman sultan (3)
चलचित्र ‘सुल्तान’का लागि रेसलिङमा दृश्य दिएर निस्कदा आफूलाई बलात्कृत महिलाको जस्तो महशुश हुने बयान दिएर बलिउड नायक सलमान खान विवादमा फसेका छन् ।

उनी अझै यो विवादबाट बाहिर आउन सकेका छैनन् । भारतको ‘राष्ट्रिय महिला आयोग’मा सलमानले आज जवाफ दिनुपर्ने थियो । आयोगकी अध्यक्ष ललिता कुमारमंगलमका आनुसार सलमानले पठाएको जवाफमा माफी मागिएको छैन । सलमान खानले महिला आयोगमा आज जवाफ पठाएका छन्, जसलाई आयोगको कानुनी टिमले हेर्नेछ ।

सलमानले दिएको बयानपछि उनलाई माफी माग्न भनिएको थियो । तर, बलिउडमा सर्वाधिक विवादको घेरामा पर्ने नायक खानले माफी नमागेपछि यो बयान अझै विवादमा पर्ने संभावना छ । सलमान अहिले आफ्नो नयाँ चलचित्र ‘सुल्तान’को प्रमोशनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment