Comments Add Comment

हाम्रो पात्रोमा थपियो नयाँ फिचर, के-के छन् हेर्नुस्

हाम्रो पात्रोले नयाँ फिचरहरू ल्याएको छ । एप्लिकेशनमा थपिएको समाचार पृष्ठ यस्तै एउटा नव प्रवर्तन हो । परिमार्जन पछि प्रयोकर्ताहरुबाट पाएको प्रतिक्रियाहरुले उत्साहित रहेको उसले बताएको छ ।

समान तथा सम्बन्धित समाचार 

अब हाम्रो पात्रोका प्रयोगकर्ताहरूले आफ्नो इच्छा अनुसारको समाचार सहजै पढ्न सक्नेछन् अझै व्यवस्थित र थप नयाँ सुविधाहरुका साथ । यसको एउटा नयाँ बिशेषता भनेको समान समाचार (Similar News)  हो ।

Similar-news
यसमा एउटै विषयका विभिन्न श्रोतका समाचारहरु वा समान खालका विषयवस्तु एकै ठाउँमा सूचीकृत हुनेछन् । उदाहरणका लागि यदि ‘यूरो कप’ वा फूटबल सम्बन्धि समाचार पढ्दै हुनुहुन्छ भने ‘फूटबल, ‘रोनाल्डो, ‘खेलको नतिजा‘ लगायतका शिर्षक भएका समाचारहरु विकल्प स्वरुप देखाइदिनेछ ।

तस्वीरको अनुकूलता 

इन्टरनेट गतिको तिक्षण्ता र त्यसले इन्टरनेट प्रयोग वापत गराउने खर्च मीतव्ययीतालाई ध्यानमा राख्दै फोटोहरु स्वचालित रुपमा इन्टरनेटको गती क्षमता अनुसारनै प्रस्तुत हुने बनाइएको हाम्रो पात्राले जनाएको छ  ।

अर्थात् जस्तो इन्टरनेट क्षमता त्यस्तै अवस्थामा खुलीदिने तस्वीर ! यदि टु जी जस्तो सुस्त इन्टरनेट क्षमतामार्फत् हाम्रो पात्रो चलाउँदैहुनुन्छ भने हाम्रो पात्रोले फोटोको गुणस्तर सोहि अनुसार कम्प्रेस (सीमित) गरेर प्रस्तुत गर्दछ ।

पञ्चाङ्ग

Hamro-patro

हामीले यसपाली ‘हाम्रो पञ्चाङ्ग’ नयाँ रुप दिइएको छ । जस अन्तर्गत दिन विशेषको तिथीसँगै एउटा तिथीको अन्त्य र अर्को तिथीको शुरुवात हुने समय पनि बताउँदछ ।

तरकारी बजार 

Hamro-patro-1

यसमा तरकारी र फलफूलको आधिकारिक ताजा मूल्यहरु दैनिक रुपमा प्रस्तुत हुनेछ । प्रयोगकर्ताहरुले कालिमाटी थोक तथा खुद्रा तरकारी बजार ब्यबस्थापनले तोकेबामेजिम खुद्रा र थोक दुवै मूल्यहरु प्राप्त गर्न सक्नेछन् ।
लोडसेडिङ विजेट अपडेट

 ‘टुडे’ विजेटमा पनि लोडसेडिङ्ग विजेटका नोटिफिकेशनहरु थप गरिएको छ ।

Hamro-patro-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment