Comments Add Comment

पोखरामा रोपाइँ महोत्सव, विदेशी पर्यटक बने रोपार र बाउसे

1 (4)
१५ असार, पोखरा ।  पोखरामा बुधबार आयोजित ‘रोपाइँ महोत्सव’ मा पर्यटकहरु खुबै  रमाए ।  पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ पोखरा-१७ महतगौंडामा भएको महोत्सवमा पर्यटकले हिजो मात्रै खेलेनन् विभिन्न प्रतियोगितामा भाग लिए ।

कार्यक्रममा ५ सय विदेशी पर्यटकसहित करीब २५ हजार दर्शक सहभागी भएर आपसमा हिलो खेल्दै रमाएको पोखरा पर्यटन परिषद्को दावी छ ।

चार हल गोरु नारेर विहानैदेखि रोपाइँ स्थललाई रोपाइँका लागि योग्य बनाइएको थियो । केही बाउसे त केही रोपाहार तयारी अवस्थामा कुरेर बसेका थिए ।

1 (7)
महोत्सवको पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गरेलगत्तै रोपाइँ महोत्सवको रौनकता सुरु भयो । रोपाइँका लागि योग्य खेतमा पर्यटक आपसमा हिलो खेल्दै रमाईलो गर्न थाले ।

महोत्सवको औपचारिक कार्यक्रम सकिएलगत्तै नेपाली र विदेशी सबै पर्यटक प्रतियोगितात्मक कार्यक्रममा रमाए । महोत्सवको अवसरमा आयोजित असारे गीत प्रतियोगितामा स्थानिय जागरण आमा समूह महतगौंडा प्रथम, नव प्रगति आमा समूह लेखनाथ द्वितीय, शिवशक्ति आमा समूह लेखनाथ तृतीय र अन्नपूर्ण आमा समूह लेकसाईड तथा नारी उत्थान आमा समूह छोरेपाटनले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार, तृतीय हुनेले २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई समूहले १/१ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

1 (6)
यसैगरी महोत्सवमा आयोजित विदेशी पर्यटक हिले दौड प्रतियोगिताको पुरुष तर्फ युकेका एरोन पुलट प्रथम, मेक्सिकोका जुल ओहारो द्वितीय र ईरानका ईशान सोकी तृतीय भए ।

त्यस्तै विदेशी पर्यटक महिला हिले दौडतर्फ अमेरिकाकी लिला राइट प्रथम, स्कटल्याण्डकी एलियोना फर्गुसन र युकेकी रेविक्टा पुक्सपुरी तृतीय भए ।

नेपाली पुरुष हिले दौडतर्फ शम्भु थापा प्रथम, दीपक विक द्वितीय र कृष्ण नेपाली तृतीय भए । पुरुष पत्रकारतर्फको हिले दौड प्रतियोगितामा विष्णु वस्यौला प्रथम, रमेश तिम्सिना द्वितीय र मुक्तिनाथ अर्याल तृतीय भए भने महिला पत्रकार हिले दौडमा तारा पौडेल प्रथम, विपना पनेरु द्वितीय र पूर्णकला पौडेल तृतीय भए ।

साउने प्रतियोगितामा जनक सापकोटा प्रथम, यदुनाथ अधिकारी द्वितीय, शुभलाल नेपाली तृतीय र मंगल विकले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३ हजार, द्वितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ सय रुपैयाँसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।

1 (2)
होत्सवको अवसर पारेर पोखरा पर्यटन परिषदले ६ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । परिषदले रोपाईं महोत्सव स्थलका जग्गाधनी डिलमाया भण्डारी, जिल्ला उत्कृष्ट कृषक पुरस्कारबाट लेखनाथ-७ का पितृराज मरासिनी, पशु तथा कुखुरा पालनतर्फ पोखरा-१७ महतगौंडाका टिकाराम वराल, व्यवसायीक कृषितर्फ राजुप्रसाद भण्डारी, बृद्ध भएरपनि कृषिमा सकृय ८८ वषिर्य टिकाराम वराल र ८४ वषिर्या नन्दकली रानामगरलाई सम्मान गरेको हो ।

1 (1)
1 (5)
1 (3)
1 (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment