Comments Add Comment

ललितस्मृति यु-१८ फुटबलको उपाधि आर्मीलाई

U-18-football

१५ असार, काठमाडौं । पहिलो ललित मेमोरियल अण्डर १८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा लुम्बिनी क्लवलाई टइब्रेकरमा ३-१ गोलले हराउँदै आर्मीले प्रतियोगिताको उपाधि जितेको हो । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट लगाइएको थियो ।

खेलको छैटौं मिनेटमै लुम्बिनीले जनोममान लिगलको गोलमार्फत अग्रता लिएको थियो । तर ७५औं मिनेटमा आर्मीले गोल फर्काउन सफल रहृयो । लुम्बिनीका डिफेण्डरले डिबक्सभित्र फल गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । जसमा प्रेजेन तामाङले गोल गर्न सफल भए ।

पेनाल्टीमा आर्मीका अभिशेक रिजाल, दोर्जे तामाङ र प्रेजेन तामाङले गोल गर्न सफल भए । दिनेश हेम्जन र अनोस मगरको पेनाल्टी लुम्बिनीका गोलरक्षकले बिफल पारेका थिए । यता लुम्बिनीका लागि भने आर्मीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै आर्मीलाई उपाधि दिलाउन नायक बने । उनले लुम्बिनीका जनोममान लिगल, मन्दीप थापा र तेजेन्द्र पुनको पेनाल्टी बिफल पारिदिएका थिए । लुम्बिनीका रञ्जित थापाले मात्र पेनाल्टीमा गोल गरे ।

प्रतियोगितामा आर्मीका प्रशिक्षक चक्र तामाङ उत्कृष्ट बने । लुम्बिनीका जनोममान लिगल उत्कृष्ट फरवार्ड घोषित भए । आर्मीका सुमन अर्याल उत्कृष्ट डिफेण्डर बन्दा लुम्बिनीका दामोदर थापा उत्कृष्ट मिडफिल्डर चुनिए । संकटा क्लवका शुसील बस्नेतले उत्कृष्ट गोलरक्षकको उपाधि पाए ।

गत बर्ष करेन्ट लागेर निधन भएका एन्फाका तत्कालिन कार्यबाहक अध्यक्ष ललितकृष्ण क्षेष्ठको स्मृतिमा एन्फाले अण्डर १८ फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment