Comments Add Comment

सगुन डटकममा लगानीको अवसर

sagoon-meet
१५ असार काठमाडाैं । सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताको लागि लगानीको अवसर खुला गरेको छ। एकाउन्ट बनाएर सूचना आदान प्रदान गरेवापत पैसा पाउन सक्नेगरी निर्माण गरिएको सगुन अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो।

सगुनले कम्तिमा पाँचहजार डलर लगानी गर्ने अवसर प्रदान गरेको छ। ‘प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागिपरेका छौं,’ लगानीको अवसर खुल्ला गरिएपछि संस्थापक गोविन्द गिरीले भने ।

सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको छ। सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिनेछ ।

सगुनमा रजिस्टर प्रयोगकर्ताका “माई डे” (दैनिक काम मिलाउने), “मुड टक” (मुड अनुसार कुराकानी गरिने), र “ओपन सेक्रेट” (आफ्नो गोप्य कुराहरु सेयर गर्ने) फिचरहरू छन्  ।

मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन् । सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन ।

सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछन् । सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन्, जसबाट लाईक, डिस्लाइक, सेयर वा कमेन्ट गर्न सकिनेछ । साथै सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिनेछ ।

यही वर्षको अन्त्यसम्म सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई प्रयोगकर्ताहरु माझ ल्याउने योजना बनाएको छ। सगुनमा प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले नि:शुल्क रुपमा स्मार्ट कार्ड पाउने कम्पनीले जनाएकाे छ । उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई वा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्नेछन् ।

धेरै गिफ्ट कार्ड राख्नु भन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले आधिकारिक साझेदारहरुबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । सबै सगुन स्मार्ट कार्ड प्रयोगकर्ताहरुले आफूले किनेको वस्तुमा ५% रकम फिर्ता पाउनेछन् ।

सह-संस्थापक कविन सिटौलाले सगुनमा लगानीको एक सुनौलो अवसर अाएको भन्दै सदुपयोग गर्न अाग्रह गरे । बैंकराेलका प्रमुख कार्यकारी अधिकृत केन्डल अलमेरिकोले सगुन टिमलाई मद्धत गर्न पाउँदा निकै नै उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment