Comments Add Comment

ढाका टोपीमा सन्नी लियोनी, नेपाल छाड्दा दुःखी

sunny leone in nepal
भारतबाट आउने कलाकार हुन् या नेता, नेपालीलाई कुनै न कुनै कुराले मख्ख पार्दै मन जित्न खोज्छन् । कोहि ‘नमस्ते’ भन्छन् त कोहि थोरै भएपनि नेपाली शब्द बोल्छन् । सोमबार नेपाल आएकी बलिउड नायिका सन्नी लियोनी वुधबार भारत फर्किइन् । तर, उनले भारत फर्कनु अघि नेपालीको मन जित्ने कोशिश गरेकी छिन् ।

आफूलाई नेपाल खुबै मनपर्ने बताएर नेपालीसँग सामिप्यता गाँस्न खोजेकी सन्नीले ‘ढाका टोपी’ लगाएर तस्बिर शेयर गरेकी छिन् । त्रिुभवन विमानस्थलको पर्खाई कक्षमा बस्दै उनले यो तस्बिर ट्विटरमा राखेकी हुन् । उनले ट्विटरमा लेखेकी छिन्–‘मलाई नेपाल छाड्नु पर्दा दुख लागेको छ । मैले नेपाली ह्याट पाएँ, जसलाई मैले केहि समयदेखि कुरिरहेकी थिएँ ।’

सन्नीले ट्विटमा यस्तो लेख्दै तस्बिर राखेपछि अहिले नेपाली ट्विटर प्रयोगकर्ताले उनलाई धन्यवाद दिएका छन् । सोमबार एक पार्टीका लागि नेपाल आएकी सन्नीले मंगलबार काठमाण्डौको एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा नेपाली दर्शकसँग सेल्फी लिएकी थिइन् । तेश्रो पटक नेपाल आएकी सन्नीले आफूलाई नेपालको संकृति मनपर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment