Comments Add Comment

सुदूरपश्चिममा भूकम्पः तीन घण्टामा १३ पटक धक्का महसुस

१५ असार, बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् ।

earthQueak 810 दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् ।

तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ । भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment