Comments Add Comment

मध्यपहाडी लोकमार्गमा फाइबर, टेलिकमसँग सम्झौता

१६ असार, काठमाडौं । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।

Internet-Logoगोरखाको आरुघाटदेखि पाँचथरको चियो भञ्ज्याङसम्म् फाइबर विछ्याउन बुधबार एक कार्यक्रमबीच सम्झौता भएको हो । आजको आर्थिक अभियानमा समाचार छ ।

सम्झौतामा प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमका महाप्रवन्धक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

ग्रामीण दूरसञ्चार सवकास कोषको रकम प्रयोग गरी मध्यपहाडी लोकमार्गमा फाइबर विछ्याइनेछ । शहरोन्मुख बस्तीका साथै उत्तर दक्षिण जोड्ने सडकको माध्यमबाट पूर्व पश्चिम राजमार्ग समेतलाई जोड्ने गरी फाइबर बिछ्याउने सम्झौता गरिएको हो ।

देशभर फाइबर सञ्चालल बनाउने योजनाअनुरुप नेपाल टेलिकमसँग सम्झौता गरिएको हो । कोषमा १२ अर्ब रुपैयाँ जम्मा हुँदा पनि उपभोगमा आउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment