Comments Add Comment

सिड्नीमा करिश्माले करिश्मा देखाउने

karisma manandharसिड्नी । अभिनेत्री करिश्मा मानन्धर अष्ट्रेलियाको सिड्नी आउने भएकी छिन । सदाबहार नायिकाको रूपमा आफ्नो छबि बनाएकी करिश्माको करिश्मा हेर्न यतिबेला सिड्नीबासी नेपालीहरू आतुर देखिएका छन्।

करिश्मा पहिलोपटक अष्ट्रेलिया आउन लागेकी हुन -‘सिड्नीबासी नेपालीहरूकै चाहना अनुरूप नै हामीले सबैकी प्यारी अभिनेत्री करिश्मालाई अष्टेलिया आमन्त्रण गरेका हौ -‘ कार्यक्रम आयोजक नेपाली टच अष्टेलियाका राज गोस्वामीले अनलाईन खबरसंग भने । करिश्मासंगै गायिका मोलिना राई पनि अष्टेलियाको सिड्नी आउने पक्का भएको छ ।

तीजको अबसर पारेर आयोजकले करिश्मालाई सिड्नीमा निमन्त्रणा गरेको हो । कार्यक्रम जुलाई १७ तारेख आईतबार सिड्नीको हर्सभिलमा रहेको मराना अडिटोरियम हलमा हुने छ भने कार्यक्रमको आयोजना नेप मार्ट र लक्ष्मी होम लोनको प्रस्तुतिमा नेपाली टच अष्टेलियाले गरेको हो ।

कार्यक्रम तीज सम्बन्धि भएता पनि कार्यक्रमले हरेक खालका दर्शकहरूलाई मनोरन्जन दिनेकुरा बताईएको छ । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान गरिने छ र उनले आफ्ना बिभिन्न प्रस्तुतिहरूबाट सिड्नीबासी नेपालीहरूलाई मनोरन्जन प्रदान गर्नेछिन ।

नेपाली टचले सम्मान कार्यक्रमलाई बिगत देखी नै निरन्तरता दिंदै आईरहेको छ । यस अघि यो संस्थाले महानायक राजेश हमाल र सन्चारकर्मी भूषण दाहाललाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment