Comments Add Comment

अन्तिम पटक शिवसँग ‘पोइ’ माग्दै कोमल

komal oli
हरेक वर्ष तीजको अवसरमा कोमल वलिको ‘पोई प्रसंग’ ले चर्चा पाउने गर्छ । १० वर्ष अगाडि ‘पोइला जान पाम शिब पोइला जान पाम’ बोलको गीत गाएपछि उनको विवाहको प्रसंग समेत बहसको विषय बन्यो ।

त्यसपछिका हरेक तीजमा शिब भगवान् र पोइलाई सम्बोधन गरेर गीत गाइन् । तर, आजसम्म उनको रियल लाइफमा श्रीमान्को आगमन भएको छैन । सायद अब थाकिन जस्तो छ । यसपाली गाउन लागेको तीज गीत सुनाउँदै भनिन् ‘पोई चाहियो भनेर गीत गाउने अब अन्तिम पटक हो ।’

अब हार खानु भएको हो ? अनलाइनखबरको प्रश्नमा आफू हार्ने खालकी केटी नभएको दाबी गरिन् । ‘म त्यस्तो हार्ने खालको मान्छे होइन । तर, पोई सिरिजको गीत यहि अन्तिम हो ‘ उनले भनिन् ।

साँच्चै भन्दा उमेरले काट्या छैन नेटो
पोइला जान्छु भन्दा पाइन् सक्षम केटो
गोजीमा गाँठ भाको मन भित्र आँट भाको एउटै पाइन्
तर पनि यो कोमलले कत्ति हरेश खाइन्
कोटी कोटी हो शिब कोटी कोटी हो
पोई चाहियो भनेर गीत गाउने लास्टै चोटी हो…
उनले यसपालि गाउने गीत यहि हो । जसमा पशुपति शर्माको पनि स्वर रहने छ । कोमलको भनाई अनुसार दुई जनाको लामो छलफलपछि यो गीत तयार भएको हो । यसमा शब्द र लय पशुपतिकैे छ । ‘पोई सिरिजलाई बिट मारौं भनेर मैले पशुपतिसँग सल्लाह गरेको थिएँ, सल्लाह अनुसार नै यस्तो गीत बन्यो’ उनले भनिन् ।

यो भिडियोको मोडलिङ कोमल आफैले गर्ने भएकी छिन् । भिडियोमा पोइको भुमिकामा को देखिँदैछ ? ‘रियल लाइफमा जस्तै भिडियोमा पनि पोइको खाँचो नभएको दोहोर्‍याईन् । ‘यो भिडियोमा म आफैं देखिने छु, पोइको खाँचो छैन’ उनको भनाई थियो ।

तीज केन्दि्रत ‘जोली परेवा, हामी पनि सक्छौं दादा, बरिलै’लगायतका एल्बम लिएर आएकी कोमलले पोई सिरिजमा गाउन थालको १० वर्ष पुरा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment