Comments Add Comment

यस्तो छ अक्षय कुमारको ‘रुस्तम’ ट्रेलर

rustam poster in akshya
कुनै समय नायक अक्षय कुमारलाई अर्थहिन चलचित्र खेल्ने गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा काम गर्न अग्रसर छन् ।

‘स्पेशल २६, बेबी, एयरलिफ्ट’ जस्ता चलचित्रले यो उदाहरण पेश गरिसकेका छन् । अब, उनै अक्षयले अर्को एक राष्ट्रियताले ओतप्रोत चलचित्रमा काम गरेका छन् ।

‘रुस्तम’ नामक चलचित्रमा अक्षय शिर्ष भूमिकामा छन् । यो चलचित्र अगष्ट १२ मा रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।

अक्षयको साथमा इलिएना डीक्रुज, अर्जन बाज्वा, इशा गुप्ता लगायतका कलाकारको अभिनय छ । जी स्टूडियोले निर्माण गरेको यो चलचित्रलाई तिनु सुरेश देसाइले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment