Comments Add Comment

टि्वटरबाट हेल्लो सरकारमा उजुरीः विमानस्थलमा चर्को पार्किङ शुल्क किन ?

१६ असार काठमाडौँ । फेसबुक र टि्वटरमा यसैसाता प्रतिवन्ध लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चर्को पार्किङ शुल्क असुल गरिएको भन्दै हेलो सरकारमा उजुरी परेको छ ।

HelloSarkarविमानस्थलको डोमेस्टिकतर्फको पार्किङ लटमा सवारी साधनको चर्को शुल्क तिर्नु पर्‍यो भन्दै टि्वटरबाटै उजुरी परेको हो ।

अहिले हेलो सरकारमा पछिल्लो समय ट्वीटरबाटै उजुरीहरु आउने क्रम बढेको छ । विमानस्थलको व्यवस्थापनपक्षसँग जोडेर पछिल्लो समय उजुरी बढेको हेलो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायले अनलाइनखबरलाई बताए ।

पार्किङ शुल्क तिर्नुपर्नेबारे कुनै जानकारी नराखिएको र शुल्क तिर्ने चिटमा पनि समय, तिर्नुपर्ने मूल्य र संस्थाको नाम स्पष्ट नखुलाइएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ,-पार्किङ शुल्क तिर्नुपर्ने हो कि होइन, यदि पर्ने हो भने किन व्यवस्थित नगराइएको ? तिर्नुपर्दैन भने अनुगमन गरी कारवाही गरियोस् ।

गतसाता मात्रै विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी फेसबुक चलाएर बसेको भन्दै हेलो सरकारमा उजुरी परेको थियो । उक्त उजुरीपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा फेसबुक र ट्वीटर प्रयोग गर्न प्रतिवन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment