Comments Add Comment

थप २७ कलाकारले पाए बिशिष्ट चलचित्रकर्मीको सम्मान

karisma manandhar

चलचित्र विकास बोर्डले २७ जना कलाकारहरुलाई बिशिष्ट चलचित्रकर्मीको सम्मान दिएको छ । यसअघि १३ जनालाई बिशिष्ट चलचित्रकर्मीलाई सम्मान गरिएको थियो ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र २७ जनालाई वितरण गरे । rajesh hamal award

बिशिष्ट चलचित्रकर्मीको सम्मान पाउनेहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश अाचार्य, राजेश हमाल, बसन्त श्रेष्ठ, शम्भुजित बास्कोटा, मिथिला शर्मा बोहोरा, हरिहर शर्मा, रविन्द्र खड्का, प्रदिपकुमार उपाध्याय र शिव श्रेष्ठ छन् ।

यसैगरी रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लय प्रसाद संग्रौला, टिका पहारी, मोहन निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की र अशोक शर्माले पनि सम्मान पाएका छन् ।

करिश्मा मानन्धर, रमेश बुढाथोकी, हरिबहादुर लामा, युवराज लामा, रुपा राना, गणेश उप्रेती, लक्ष्मी गिरी र छविराज ओझालाई मन्त्री राईले बिशिष्ट चलचित्रकर्मीको रुपमा सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment