Comments Add Comment

मधेसवादी दलका असन्तुष्टि सम्बोधन गर्न विशेष समिति बनाऊः सांसदहरु

'सरकारले ठोस कदम चालेन, सभामुखले पहल लिनुपर्‍यो'

Parliyament-Buliding-of-Nepal१६ असार, काठमाडौं । मधेस केन्द्रित दलहरुका असन्तुष्टि सम्बोधनका लागि विशेष समिति गठन गर्न सांसदहरुले माग गरेका छन् ।

मधेस केन्द्रित दलहरुले सधैं बैठक वहिष्कार गरेको घटनालाई संसदले सामान्य रुपमा लिन नहुने भन्दै उनीहरुले समस्या समाधानका लागि व्यवस्थापिका संसदले नै पहल गर्नुपर्ने माग गरे ।

व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा धारणा राख्दै सांसदहरु श्याम श्रेष्ठ, जनकराज जोशी लगायतले मधेस केन्द्रित दलहरुका असन्तुष्टि सम्बोधनका लागि सरकारले ठोस कदम चालेको नदेखिएको भन्दै सभामुखले नै विशेष समिति गठन गरेर वार्ताको पहल गर्नुपर्ने बताए ।

उनीहरुले मधेस केन्दि्रत दलहरुले उठाएका मागका विषयमा वार्ताबाट टुंगोमा पुग्नका लागि आवश्यक परे सहजकर्ता राखिन सुझावसमेत दिए ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलहरुले ९ महिनादेखि संसद बैठक वहिष्कार गर्दै आएका छन् ।

सीमांकन हेरफेर गर्नुपर्ने मागप्रति सरकार गम्भिर नभएको भन्दै उनीहरुले बिहीबारको बैठक पनि बहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment