Comments Add Comment

मन्त्रीहरु संविधानविरुद्ध लागेको भन्दै कांग्रेसले माग्यो सरकारको जवाफ

१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको सपथ खाएर मन्त्री बनेकाहरुले नै संविधान विपरित गतिविधि गरिरहेको भन्दै यसबारे सरकारको जवाफ मागेको छ ।

Congress-Flagव्यवस्थापिका संसदको बिहीबारको बैठकमा कांग्रेसका सांसदहरुले सरकार मुकदर्शक भएर बस्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका हुन् ।

यसअघि भूकम्प पीडितहरुको राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको भन्दै कांग्रेसले मागेको जवाफ बुधबार प्रधानमन्त्री ओलीले दिएका थिए ।

बिहीबारको संसद बैठकमा कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपानेले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधान विपरित गणतन्त्र र संघीयताको विरोधमा गतिविधि गर्दा पनि सरकार मौन बसेको आरोप लगाइन् । उपप्रधानमन्त्रीद्वयका गतिविधिमा सरकार मुकदर्शक बनेको आरोप लगाउँदै उनले त्यसको कारण स्पष्ट पार्न ध्यानाकर्षण गराइन् ।

सरकारका जिम्मेवार उपप्रधानमन्त्रीहरु नै संविधानको विरोधमा व्यस्त रहेकोले संविधान कार्यान्वयन हुनेमा उनले शंका व्यक्त गरिन् ।

म्यानपावर सञ्चालकलाई जेल हाल्न माग

बैठकमा नेपाल मजदुर किसान पार्टीकी सांसद् अनुराधा थापामगरले म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीका नाममा युवाहरुलाई बेचिरहेको भन्दै त्यस्ता कम्पनीका सञ्चालकलाई जेल सजायँ हुने गरी मुद्दा दायर गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

युवाहरुलाई विदेश पठाउनका लागि म्यानपावर कम्पनीलाई अनुमति दिने सरकारले आफ्ना कामदार विदेशमा मारिंदा निन्दा गर्नु दोहोरो चरित्र भएको टिप्पणी गरिन् ।

बैठकमा सांसदहरुले बाढी पहिरोका कारण देशका विभिन्न्ा स्थानका जनताले धनजनको क्षति व्यहोर्नु परिरहेको भन्दै पीडित परिवारको उद्दार र क्षतिपूर्तिमा गम्भिर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment