Comments Add Comment

खुसी लुटिएकै दिन समीक्षाले दिइन् ‘सर्वोत्कृष्ट’ खुसी

एसएलसी 'टपर'लाई जेभियरको होस्टल र छात्रवृत्ति

१६ असार, काठमाडौं । समीक्षा सुवेदीको जीवनमा असार २ गते वियोग र खुसीको दोभान बन्यो । असार २ गते त्यहि हो, जुन दिन उनले आमा भन्न नजान्दै जन्मदिने आमा गुमाउनुपरेको थियो । जीवनभर बिर्सन नसकिने मातृ वियोगकै दिन यसपाली असार २ गते उनले जीबनभर सम्झिने खुसी पाइन्, एसएलसी परीक्षामा नेपाल टप गरेर ।

Samikshya-Subediयो खुसी उनले आफूलाई जन्म दिनासाथ कहिल्यै नफर्किने बाटोमा गएकी आमाका नाममा समर्पित गरेकी छन् ।

२०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल आइसक्दा बुटवल सैनामैनाकी १५ वर्षीया समिक्षा सुवेदी जिपिए ४ अंकसहित सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भइन् । बुटवलस्थित सुनगाभा पब्लिक हाइस्कूलकी छात्रा समिक्षाले यस वर्ष करीब ६ लाख विद्यार्थीलाई पछि पारेकी हुन् ।

काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रवेश परीक्षा दिन आइपुगेकी समिक्षाले भनिन्, ‘यो खुसी मलाई जन्म दिएर कर्म दिन नपाई बिछोडिएकी मेरी ममीप्रति समर्पित गरेकी छु ।’

समीक्षाको जीबनमा यस्तो दुःखद र सुखद संयोग असार २ मै लेखेको रहेछ । उनी जन्मिएपछि उनकी आमालाई सुत्केरी उतार्न भनेर माइती पठाइएको थियो । करीब तीन महिनाकी समीक्षालाई लिएर माइतीबाट घर फर्किदै गर्दा गाडी दुर्घटना भयो । नवजात शिशु समीक्षालाई गाडीको झ्यालबाट बाहिर कान्लामा फालेर बचाउन सफल भएकी उनकी आमाले भने सोही दुर्घटनामा ज्यान गुमाइन् । आमाको अनुहारसमेत देख्न नपाएकी समीक्षा भन्छिन्, ‘जुन दिन मेरो जीवनमा र हाम्रो घरमा खुसी लुटिएको थियो,त्यहि दिन असार २ मै मैले बोर्ड टपको खुसी दिन सकें ।’

कक्षामा सधैं उत्कृष्ट र मेधावी विद्यार्थी रहेकी समिक्षालाई जेभियर इन्टरनेशनल कलेजले होस्टलसहित पूर्ण छात्रवृत्ति उपलव्ध गराउने कलेजका पि्रन्सिपल गोविन्द घिमिरेले बताए । ‘सर्बोत्कृष्ट विद्यार्थीलाई हामीले स्वागत गरिसकेका छौं, उनलाई पूर्ण छात्रवृत्ति दिनेछौं’ घिमिरले भने ।

जेभियरको बिगतदेखिको उत्कृष्ट नतिजा र शैक्षिक वातावरणले आफूलाई आकर्षित गरेको समिक्षाले बताइन् । ए लेभल र उच्च माविमा जेभियरले विश्व टप र नेपाल टप गरेका कारण आफू पनि यहि कलेजमा आइपुगेको उनको भनाइ छ ।

विज्ञान विषय लिएर पढ्न लागेकी समिक्षाले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी छन् ।

एसएलसी परीक्षाफल आएलगत्तै एकाएक सेलिबि्रटी बनेकी समिक्षा विगतको र यसपटकको रिजल्ट प्रणालीले केही अलमल भए पनि ग्रेडिङ प्रणाली उपयुक्त रहेको बताउँछिन् । उनले आफू बोर्ड प्रथमका रुपमा देशभर चिनिन पाएकोमा खुसीमात्र छैनन्, अब यसलाई कायम राख्दै नेपाल टप गर्ने लक्ष्य यथावत राखेकी छन् । ‘मैले मेरी आमा त देख्न पाइन तर उहाँको स्मृतिमा अझै धेरै रेकर्ड थप्न चाहान्छु,’ उनले भनिन् ।

समिक्षाको आगमनसँगै जेभियरमा नयाँ विद्यार्थीको चाप पनि बढेको छ । सर्बोत्कृष्ट विद्यार्थीहरु यसअघि पनि जेभियरमै पढ्ने गरेकाले समिक्षाको आगमन त्यसैको निरन्तरता रहेको हालैमात्र लिभरपुल छाडेर जेभियर पुगेका पि्रन्सिपल गोविन्द घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment