Comments Add Comment

कार्यकर्ता पक्राउको विरोधमा विप्लव माओवादीको जुलुस, सरकारलाई ज्ञापनपत्र पनि बुझाइयो

Biplab Maoist Rally (1)

१६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेलका टावरहरुमा आक्रमण गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताहरुलाई रिहाई गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउनु अघि विरोध जुलुस निकालिएको थियो भने सिंहदरवार वरपरका क्षेत्रमा धर्ना दिइएको थियो ।कार्यकर्ताहरु धर्नामा बसिरहेका बेला काठमाडौं उपत्यका संयोजक सन्तोष बुढामगर सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

Biplab Maoist Rally (8)

शान्तिबाटीकाबाट सुरु भएको विरोध जुलुस बबरमहल, हनुमानस्थान पुगेर धर्नामा परिणत भएको थियो ।  र्‍यालीको नेतृत्व काठमाडौं उपत्यका इञ्चार्ज सन्तोष बुढामगरले गरेका थिए । कालो ब्यानर र पार्टीको झण्डा बोकेका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

नेकपा माओवादीले भ्रष्टाचार, महंगी र कालोबजारीको विरोध गर्ने क्रममा आफ्ना कार्यकर्ताहरु पक्राउ परेको दाबी गरेको छ । उनीहरुलाई सम्मान रिहा गर्नुपर्ने र भूकम्प पीडितलाई एकमुष्ठ १० लाख रूपैयाँ दिनुपर्ने माओवादीको माग छ ।

माओवादीले बिहीबारै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत् पनि सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

Biplab Maoist Rally (7)

Biplab Maoist Rally (5)

Biplab Maoist Rally (4)

तस्वीर: विकाश श्रेष्ठर/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment