Comments Add Comment

चितवनका भूकम्प पीडितलाई बोका वितरण

१६ असार, चितवन । चितवनका भूकम्प पीडितहरुलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनले आठ गाविसका भूकम्प पीडितलाई बिहीबारदेखि उन्नत जातका बोका वितरण कार्य सुरु गरेको हो ।

Boka-Distributionचितवनको दाहाखानी, चण्डीभञ्ज्याङ, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरमा १ सय वटा ब्याडे बोका वितरण गरिने जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा..रामकुमार कार्कीले जानकारी दिए ।

नश्ल सुधारसँगै उन्नत जातका बोकाबाट आयआर्जनमा समेत बृद्धि गराउने पशु सेवा विभागको लक्ष्य छ ।

दाहाखानी गाविसको सिकलढापबाट बोका वितरण सुरु गरिएको र यही असार २४ गतेसम्म ८ वटै गाविसमा वितरण गरिसक्ने लक्ष्य राखिएको छ । त्यसका लागि १५ लाख रुपैयाँ खर्च हुने कार्यालयले जनाएको छ ।

पशु कार्यालयले एउटा वडामा एउटा ब्याडे बोकासँँगै ६ महिनालाई पुग्ने औषधिसमेत वितरण गरिएको कार्यालयका प्राविधिक रुद्रकुमार श्रेष्ठले बताए ।

दाहाखानी गाविसको सिमलढापमा पशु कार्यालयका प्रमुख डा.रामकुमार कार्की र दाहखानी गाविसका सचिव कपिलराज सुवेदीले संयुक्तरुपमा बोका वितरण गरेका थिए ।

बोका पाएपछि खुसी भएका स्थानीय गानिराज प्रजाले भने, ‘बाख्रा पालनमा ब्याडे बोका नहुँदा समस्या थियो । अब त आयआर्जनमा केहि राहत मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment