Comments Add Comment

राष्ट्रपतिको हातबाट चलचित्रकर्मी पुरस्कृत, ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र(फाेटाे फिचरसहित)

namrata shrestha rastriya award
चलचित्र विकास बोर्डले विभिन्न विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरेको छ । राष्ट्रपतिको सरकारी निवास शित्तल निवासमा आयोजना गरिएको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । राष्ट्रपति विद्यादेव भण्डारीले पुरस्कृत चलचित्रकर्मीलाई ट्रफी प्रदान गरिन् ।

चलचित्र विकास बोर्डको बाषिर्कोत्सवको अवसर पारेर बिहिबार बिहान पुरस्कृत चलचित्रकर्मी र चलचित्रको नाम घोषणा गरिएको थियो ।

पुरस्कृत चलचित्रकर्मीहरुमा खगेन्द्र लामिछाने बाहेक सबै राष्ट्रपति कार्यलयमा उपस्थित थिए । चलचित्र लेखनको विधामा उत्कृष्ट पुरस्कार पाएका चलचित्र ‘पशुपति प्रसाद’का लेखक खगेन्द्र लामिछाने भने पुरस्कार वितरण समारोहमा उपस्थित थिएनन् । उनकी श्रीमतिले पुरस्कार ग्रहण गरेकी थिइन् ।

चलचित्रकर्मी बसुन्धरा भुषाललाई नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित ‘दिर्घ साधना सम्मान’बाट सम्मानित गरियो । राष्ट्रपति भण्डारीले सम्मानपत्र सहित भुषाललाई सम्मान गरिन् । basundhara life time
उत्कृष्ट अभिनेतामा दयाहाङ राईले ‘कबड्डी कबड्डी’बाट पुरस्कार पाएका हुन् । यस्तै, उत्कृष्ट अभिनेत्रीमा नायिका नम्रता श्रेष्ठले ‘क्लासिक’ चलचित्रबाट पुरस्कार प्राप्त गरिन् ।

उत्कृष्ट निर्देशकमा दीपेन्द्र के खनालले चलचित्र ‘पशुपति प्रसाद’बाट पुरस्कार जित्दै गर्दा उत्कृष्ट चलचित्र पनि ‘पशुपति प्रसाद’ नै बन्न सफल भयो । khagendra misses dayahang rai gate national award dipendra khanal national award
उत्कृष्ट सम्पादनमा सुरेन्द्र पौडेलले चलचित्र ‘क्लासिक’बाट पुरस्कार प्राप्त गरे । उत्कृष्ट छायांकनमा चलचित्र ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र संजय लामाले पुरस्कार प्राप्त गरेका थिए । यस्तै, उत्कृष्ट आदिवासी चलचित्रमा ‘इम्पो देउराली’ले पुरस्कार प्राप्त गर्‍यो । जुरीले उत्कृष्ट नव-निर्देशकमा नायक भूवन केसीलाई चलचित्र ‘ड्रिम्स’बाट पुरस्कार दिने निर्णय गरेका थिए । भूवन अमेरिका रहेकाले उनका पिताले अवार्ड ग्रहण गरेका थिए ।
surnedra paudel gate nation award puru national award sanjaya lama national award yampu deurali natioanl award bhuwan kc father nation award
कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले भाषा, कला, संकृति आदिको प्रवर्द्धनका साथै राष्ट्रियतामा पनि योगदान गरेको बताइन् । उनले चलचित्र समाज र राष्ट्रको समष्टिगत प्रतिबिम्ब भएको बताइन् ।

चलचित्रले मौलिक पहिचानलाई आत्मसात गर्न जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राई र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले पुरस्कृत चलचित्रकर्मीलाई वधाई ज्ञापन गरेका थिए ।
national award winner jurry nation award rastrapati upahar national award winner
चलचित्र विकास बोर्डले हरेक बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गर्दै आएको छ । विगतमा बर्षमा केहि विवादित देखिएको बोर्डको पुरस्कार यो बर्ष भने विवादबाट केहि मुक्त देखिएको छ । अवार्डको जुरीमा रमेश वुढाथोकी, सरिता लामिछाने, सुशिल पौडेल, मोहन निरौला, करुण थापा थिए ।

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment