Comments Add Comment

दीपक-दीपाले बबरमहलमा दर्शकलाई मनोरञ्जन दिने

concert photo

काठमान्डाै सिनामंगल ९ काे मिरमिरे युवा समाजले सन् १९९७ साल देखी नै समाज तथा देशलाई नै सहयोग गर्दै आईरहेको छ | यस युवा समाजले आफ्नो सुरुवातको दिन देखी नै समाजमा स्वास्थ, शिक्षा ,सुरक्षा तथा बिभिन्न जनचेतनाका कुरा हरुमा योग्दान पुर्याउदै आईरहेको छ |

अब युवा समाजले काभ्रे स्थित जनता उच्च मा.वी को विद्यालय भवन पुन निर्माण गर्नको लागि ‘शान्ती संगीतिक फेस्टिबल ‘को आयोजना गर्ने भएकाे छ । भुकम्पले विद्यालय भवन भात्किएकोले गर्दा त्यहाँ पढ्ने करीब ५०० विध्यार्थीहरुले अहिले पढ्न पाएका छैनन् |

कार्यक्रम काठमाडौंको बबरमहलमा असार १८ गते शनिबार १ बजे देखी हुन अायाेजककाे भनाइ छ ।  मिरमिरे युवा समाजका अध्यक्ष श्री राजिब थापाका अनुसार उक्त कार्यक्रममा चर्चित गायक एड्रिन प्रधान तथा ब्यान्ड ,अनिल शाही तथा ब्यान्ड ,रोज मोक्तान ,गायिका मिलन अमात्य तथा हास्यँ कलाकार दीपक राज गिरी र दीपा श्री निरौलाको प्रस्तुती रहने छ |

उक्त संगीतिक कार्यक्रमको टिकटको मुल्य साधारण तर्फ ३०० र संस्थापक क्षेत्रलाई २००० राखिएको छ | यस कार्यक्रमबाट उठेका सम्पूर्ण रकम काभ्रे स्थित जनता उच्च मा वि को पुन निर्माणमा सहयोग गरिनेछ | यस कार्यक्रममा बिभिन्न खेलहरु ,फेस पेन्टिङ तथा खानाका स्टलहरु पनि राखिने छन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment