Comments Add Comment

मेरो ब्राले तपाईलाई किन समस्या ?

saloni

टीभी अभिनेत्री एवं मोडल सलोनी चोपडाको एक इस्टाग्राम पोष्ट आजभोलि निकै चर्चामा छ ।

नहोस् पनि किन ? सलोनीले हातमा ब्रो लिएको तस्वीर पोष्ट गरेकी छन् । र, लेखेकी छन्, ‘हाम्रो स्तन मात्र हाम्रो शरीरको एक अंग हो । हाम्रो सम्मान र गरिमा होइन ।’

आफ्नो लामो इस्टाग्राम पोष्टमा सलोनीले ब्रा र महिलाको स्तनप्रति मानिसहरुको नजरमाथि प्रश्न उठाएकी छन् । यदि पुरुष बिना सर्ट घुम्न सक्छन् भने एक महिला आफ्नो ब्राको फित्ता किन देखाउन सक्दिनन् ?

सलोनीको यो पोष्टमा १० हजारभन्दा बढी लाइक छ । जसमा उनले लेखेकी छन्, जिन्दगी ब्रा जस्तै छ । र महिलाहरु आफ्नो कामुकतालाई लिएर अझ खुला हुनुपर्छ ।’

ब्राको फित्ता देख्दा समस्या मान्नेलाई उनले विरामी मानिसको संज्ञा दिएकी छन् । उनले लेखेकी छन्, ब्रा शरीरको एक अंग ढाक्न कपडा हो , जस्तो स्कर्ट छ ।’

उनले अघि लेखेकी छन्, यसमा यति ठूलो कुरा के छ र ? के मानिसहरु महिलाको स्तन देख्दा असहज हुन्छन् ? के पुरुष यति कमजोर छन् ? यस्तो नभए हाम्रो स्तन पवित्र हुन्छ र यो हाम्रो शरीरको एउटा हिस्सा हो ।

समाजले नै महिलाहरुलाई आफ्नो ब्राको फित्ता लुकाउनु पर्ने बनाएको अभिनेत्री सलोनीले बताएकी छन् । उनले लेखेकी छन्, यो यस्तो चिज होइन, जसलाई लुकाउनुपर्छ । वास्तवमा यो निकै सुन्दर हुन्छ । हो कि होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment