Comments Add Comment

एनसेलमा अब साप्ताहिक र फेसबुक डेटा प्याक

१६ असार, काठमाडौं । निजी क्षेत्रको दुरसंचार कम्पनी एनसेलले ५० एमबीको साप्ताहिक डेटा प्याक ल्याएको छ । साथै फेसबुक प्याक पनि छ ।

Ncell-Logoएनसेलका अनुसार अहिले मोबाइल डेटा सर्भिस ७५ जिल्लामा पुगिसकेको छ भने थि्रजी प्रविधिमा आधारित उच्च गतिको डेटा सेवा ६३ जिल्लामा उपलब्ध छ ।

डेटा प्याकहरु ल्याएपछि ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरु लिनसकेको उसले बताएकत्त छ । जस्तै कसैलागि एक हप्ताको लागि ईन्टरनेट चलाउन पर्यो भने उसले ५० एमबिको साप्ताहिक डेटा प्याक लिन सक्छन् र यसको मूल्य ३५ रुपैयाँ मात्र छ ।

एनसेलडेटा सेवामा विकिपेडिया र ट्विटर भने निःशुल्क रुपमा चलाउन सकिन्छ । फेसबुक चलाउनेहरुलाक्ष्ए लक्षित गरेर एनसेलले फेसबुक प्याक पनि ल्याएको छ र यो प्याक लिएर ग्राहकले १२ पैसाप्रति एमबीमा फेसबुक चलाउन सक्छन् ।

एनसेल फोरजी सेवा संचालनको प्रयासमा छ । उसले उसका लागि पनि केही वर्ष अघिनै सरकारसँग अनुमति माग्को छ ।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २ करोड ६८ लाख जिएसएम मोबाईल सेवाका ग्राहक छन् र त्यसमा एनसेलका १ करोड ३४ लाख ग्राहक छन् ।

नेपालमा डेटा सेवा प्रयोगकर्ताको संख्या एक करोड २८ लाख रहेको छ र ५२ लाख ८३ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रगोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment