Comments Add Comment

हरियालीमा समय विताउने किशोर-किशोरी कम आक्रामक

Girl

हरियाली वातावरणमा बढी समय व्यतित गर्ने किशोर-किशोरीहरु कम आक्रामक हुने गरेको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाका अनुसन्धानकर्ताले नौ देखि १८ वर्ष उमेर समुहका किशोर-किशोरीमा गरेको अध्ययले यस्तो देखाएको हो ।

हरियाली वातावरणमा रम्ने युवालाई वरिपरिको वातावरणले पार्ने असरबारे अनुसन्धानकर्ताहरुले अध्ययन गरेका थिए । अध्ययनका क्रममा उनीहरुले किशोर-किशोरीहरुको आक्रामक व्यवहार तथा त्यसको न्युनीकरण सम्वन्धि अध्ययन गरेका थिए । अध्ययनमा अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्ने एक हजार दुई सय २७ किशोर-किशोरी सम्मिलित थिए ।

अनुसन्धानकर्ताले ती किशोर-किशोरीका अभिभावकसित उनीहरुले दुई/तीन वर्षको समयावधीमा अरुप्रति देखाएको व्यवहार, उनीहरुको आक्रामक शैली, धम्काउने वा थर्काउने क्रियाकलापमा संलग्न भए-नभएको विषयमा जानकारी लिएका थिए । प्राप्त नतिजालाई भुउपग्रहको तथ्यांकसित जोडेर त्यस आसपासको हरियाली वातावरण मापन गर्नमा प्रयोग गरिएको थियो ।

अध्ययनमार्फत एक देखि ६ महिना तथा एक वर्षदेखि तीन वर्षसम्म हरियाली वातावरणमा बस्ने दुवै प्रकारका किशोर-किशोरीमा आक्रामक व्यवहार कम हुने गरेको निस्कर्ष निकालिएको छ । उमेर, लिङ्ग, जात, धर्म, अभिभावकसितको सम्बन्ध, सामाजिक, आर्थिक अवस्था लगायतका तत्वले यसलाई असर नपार्ने सर्भेक्षणमा जनाइएको छ ।

अध्ययनकर्ता डायना योनानका अनुसार हरित वातावरणसित सम्बन्धित यस अनुसन्धानले प्रदान गरेको नयाँ प्रमाण वातावरणीय दृष्टिकोणले जनस्वास्थ्यका लागि प्रभावकारी बन्न सक्छ ।

‘विश्वभरी नै चुनौतीको रुपमा रहेको युवाहरुको व्यवहार तथा आक्रामक शैली कम गर्न सकिने प्रभावकारी उपायबारे जानकारी हासिल गर्नु आफैमा अहम् कुरा हो’, किक स्कुल अफ मेडिसिनमा अध्ययनरत डायनाले भनिन्, ‘अहिलेको अवस्थामा युवाको आक्रामक शैली कम गर्नेतर्फ ध्यान दिनु अत्यावश्यक छ’ ।

विशेषगरी भविष्यमा युवाहरुको आक्रामक व्यवहार न्युनीकरण सम्बन्धि गरी थप अध्ययन, अनुसन्धानका लागि यो अध्ययन बलियो आधार बन्न सक्ने उनको विश्वास छ । अनुसन्धानकर्ताले यस अध्ययनबाट आएको नतिजा किशोरहरुमा आक्रामक शैली न्युनीकरण गर्न बेजोडसावित हुने दावी गरेका छन् ।

यो अध्ययन जर्नल अफ द अमेरिकन एकेडेमी अफ चाइल्ड एन्ड एडोलिसेन्ट साइकियाटि्रमा प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment