Comments Add Comment

नयाँ शक्तिमा वरीयता विवाद

Baburam Bhattarai१७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराएैको नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीको हालै सम्पन्न सचिवालय बैंठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपति दोस्रो बरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।

नयाँ शक्तिले सह-संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो । मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपति यो संरचनाले पार्टी विकास नुहेन भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

नयाँ शक्तिका नेता पर्शुराम तामाङले वरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने बताए ।

कतिपय नेताले भने पार्टी सहसंयोजक चयन नयाँ शक्तिकै अन्तरिक विधान विपरित भएको समेत टिप्पणी गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment