Comments Add Comment

राष्ट्रिय सहमति नबने मुलुक ठूलो दुर्घटनामा: प्रचण्ड

prachanda१७ असार, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक दलहरुबीच चाँडै राष्ट्रिय सहमति नबने मुलुक ठूलो दुर्घटनामा जान सक्ने बताएका छन् ।

गत वर्षको भूकम्पबाट ज्यान गुमाएका सञ्चार उद्यमी तथा समाजसेवी अच्युतराज सुवेदीको ‘स्मृति’ पुस्तक विमोचन कार्यक्रमलाई  सम्बोधन गर्दै प्रचण्डले मुलुकलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन राष्ट्रिय सहमति एक मात्र विकल्प भएको बताए । उनले भने, “अहिले राजनीतिमा अहंकार र विकृति बढेको छ, त्यसलाई परास्त गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।”

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण भए पनि आफ्नो दललाई मान्य हुने स्पष्ट गरे ।

स्व सुवेदीका पिता एवम् पुस्तक प्रकाशन संस्था ‘अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान’ का अध्यक्ष प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्व सुवेदीकी माता पूर्णा सुवेदी र राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment