Comments Add Comment

पहिरोले २२ जना थुनिए, उद्धारमा कठिनाइ

Pahiro Gorkha (1)
फाइल फोटो

१७ असार,धादिङ । उत्तरी धादिङको री गाउँ विकास समिति–९ चेप्राङ गाउँमा वर्षापछि आएको पहिरोका कारण ६ घरका २२ जना गाउँमै थुनिएका छन् ।

बुधबार रातिको वर्षापछि गाउँमाथिबाट पहिरो आई चारैतर्फ जान नसकिने अवस्था आएपछि उनीहरु सङ्कटमा परेका हुन् । विकटमा त्रिपालमुनि बसिरहेका सङ्कटमा परेको खबरपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी उनीहरुको उद्धार गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले दिए पनि विहिबार अबेरसम्म उद्धार भएको छैन ।

घटनास्थल क्षेत्रको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी एक हेलिकप्टर लिएर गए पनि उनीहरुको उद्धार हुन नसकेको हो । त्रिपालमुनि बसिरहेका तामाङ समुदायका मानिस रातिको समयमा पहिरो आएपछि घर छाडेर सँगैको जङ्गलमा गएर बसेको र उद्धारको प्रतीक्षा गरिरहेको भए पनि पहिरो लडेको स्थानबाट उनीहरु भएको स्थानमा पुग्न कठिन परेकाले उद्धार हुन नसकेको टेलिफोनबाट आकाश तामाङले जानकारी दिए ।

घटना भएको सूचना पाएपछि प्रहरी घटनास्थलतर्फ पठाइसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ तर सो क्षेत्र टाढा भएकाले थप सूचना नआएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment