Comments Add Comment

मेरो अबको गन्तब्य म्यानचेष्टर युनाइटेडः जाल्टन इब्राहिमोभिच

Zlatan-Ibrahimovic१७ असार, काठमाडौं । स्वीेडेनका पूर्व स्ट्राइकर जाल्टन इब्राहिमोभिचले म्यानचेष्टर युनाइटेड आउने खबरको पुष्टि गरेका छन् ।

२४ वर्षे इब्राहिमोभिचले युरोकपमा स्वीडेनको कप्तानी गरेका थिए । तर, आफ्नो देशलाई समूह चरण पार गराउन नसकेका उनले सन्यासको घोषणा गरे ।

यो सिजनको अन्त्यमा नै उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने घोषणा पनि गरेका थिए ।  अब उनी प्रिमियर लिग आउने भएका छन् । जाल्टन इब्राहिमोभिचले सामाजिक सञ्जालमा  आफ्नो अबको गन्तव्य म्यानचेष्टर युनाइटेड भएको घोषणा गरेका छन् ।

उनी र युनाइटेडका वर्तमान प्रशिक्षक जोसे माउरिन्हो एन्टर मिलानमा सँगै काम गरेका थिए । र, माउरिन्हो आएपछि युनाइटेडले जाल्टनप्रति इच्छा देखाएको थियो ।

तर, औपचारिक सम्भौता हुन भने बाँकी छ । घरेलु क्लब माल्मोबाट १९९९ मा डेब्यू गरेका उनले एयाक्स, युभेटन्स, इन्टर मिलान, बार्सिलोना, एसिमिलान हुँदै पीएसजीबाट खेले । उनले ६७७ खेलमा ३९२ गोल गरेका छन् । गत सिजन उनले ५१ खेलमा ५० गोल गरे, जुन फ्रान्सको क्लबमा रेकर्ड समेत हो ।

पीएसजीमा चार वर्ष बस्दा जाल्टन इब्राहिमोभिचले १२ उपाधि जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment