Comments Add Comment

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध, यात्रुहरु अलपत्र

narayad muglin sadak_pahiro१७ असार, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जसका कारण यात्रुहरु मारमा परेका छन् । जामका कारण हजारैं यात्रुहरु सो क्षेत्रमा अलपत्र छन् ।

बिहान ५.५० बजे चण्डिभञ्जयाङ् ९ ,जलविरे ५ किलो भन्ने स्थानमा माथि डाडाँ बाट ठूलो ढुङगा झरे पछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवरले अनलाइनखबरलाई जानकारी दिए ।

ढुङगा पन्छाउने काम जारी रहे पनि ठाउठामा पहिरो जाने अझै सम्भावना देखिएकोले बैकल्पिक बाटो अपनाउन सढक निर्माण आयोजनाले सर्वसाधरणलाई आग्रह गरिरहृेको छ ।

सडक अवरुद्ध हुँदा चितवनबाट काठमाण्डौ, पोखरा जाने र आउने सवारी बिच बाटामै रोकिएका छन् । दिनँहु जसो सडकखण्ड अवरुद्ध हुँदा सो बाटो भएर आवतजावत गर्ने यात्रुहरु समस्यामा पर्ने गरेका छन् । यसअघि पनि दैनिक जासो पहिरो सर्वसाधारणहरु २ दिन लगाएर जान बाधय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment