Comments Add Comment

ताप्लेजुङमा केन्द्रीय प्रसारणको बिजुली भदौमा बल्ने

transformor _ bijuli१७ असार, ताप्लेजुङ । भदौ महिनाबाट ताप्लेजुङमा केन्दि्रय प्रसारण लाइनको विद्युत बल्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ‘फास्ट ट्रयाक’ विधि अपनाएर भदौ पहिलो साताभित्र सदरमुकाम फुङलिङमा केन्द्रेीय प्रसारणको विद्युत् बाल्ने तयारी गरेको हो ।

पुरै संरचनाको निर्माण गरी विद्युत पुर्‍याउन लामो समय लाग्ने भएकाले तत्काललाई अस्थायी संरचनामार्फत केन्द्रेीय प्रसारण लाइन जडानका लागि फास्ट ट्र्याक विधि अपनाएको प्राधिकरणका इलाम स्थत स्टेसन प्रमुुख सीताराम सिग्देलले बताए ।

केन्दि्रय प्रसारण लाईन ताप्लेजुङमा जोड्न अहिले ताप्लेजुङ नगरपालीका आठमा अस्थायी सब-स्टेसन निर्मार्ण भईरहेको छ भने तार टाँग्ने र पोल गाड्ने काम पनि तिब्र गतिमा भईरहेको सिग्देलले बताए । अस्थाई सब स्टेसनमा १.५ मेगाभोल्ट क्षमताको ट्रान्सर्फमर राखेर सदरमुकाममा विद्युत आपुर्ति गरीने तयारी भईरहेको सिग्देलको भनाई छ ।

केन्दि्रय प्रसारण लाईन नपुगेको पुर्वको एक मात्र जिल्ला ताप्लेजुङमा धेरै वर्ष अघि निर्मार्ण भएको साना जलविद्युत आयोजनाबाट विद्युत प्रवाह गरीदै आएको थियो । थोरै क्षमताको विद्युत प्रवाह गरीदा आयोजनाले लोड थाम्न नसक्दा बारम्बार विग्रदै आएको छ भने विद्युत नहुँदा जिल्लाका कलकारखानाले महँगो लगानिमा जेनेरेटरबाट आफ्नो काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment