Comments Add Comment

विदेशबाट काँचो सुन ल्याउन पाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई प्रवासी नेपालीको पत्र

१७ असार, काठमाडौं । नेपाल सरकारको भन्सार विभागले साउन १ गतेदेखि विदेशबाट काँचो सुन चाँदी ल्याउन प्रतिबन्ध लगाउने भनेर गरेको निर्णय खारेज गर्न प्रवासी नेपालीहरुले माग गरेका छन् । उनीहरुले प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मञ्चमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै भन्सार विभागको निर्णय खारेज गर्न माग गरेका हुन् ।

KP-Oli-at-Nepalganjसुन चाँदीका तयारी गहनामात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने खालको भएको मञ्चको ठहर छ ।

हेर्दा सानो निर्णय देखिए पनि यसबाट प्रवासी नेपालीहरुको भावनामा ठूलो ठेस पुगेको उल्लेख गर्दै उनीहरुले भन्सार विभागको नयाँ नीति खारेज गरेर साविककै नीति कार्यान्वयन गराउन र तस्करमुखी नीति ल्याउनेहरुलाई कारवाही गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।

नेपालको कुलगाह्रस्थमा ३० प्रतिशतभन्दा बढी योगदान दिने, नेपालकै बजेट बराबर रेमिट्यान्स भित्राउने, भारतीय नाकाबन्दीका बेला पनि रेमिट्यान्समार्फत राष्ट्रको स्वाभिमान जोगाउन महत्वपूर्ण सहयोग गरेका वैदेशिक रोजगारमा रहेका प्रवासी नेपालीहरुलाई किन अवहेलना र अपमान गरिएको हो ? भनेर उनीहरुले प्रश्न गरेका छन् ।

अमेरिका, युके, जर्मन, इटली, इजरायल, बहराईन, कुबेत, कतार, दुबई, साउदी अरब, मलेसिया लगायत देशमा रहेका प्रवासी नेपालीहरुले सयुंक्त रुपमा नेपाली साझा मञ्चमार्फत असार १६ गते सामाजिक सन्जालमार्फत खुल्लापत्र सार्बजनिक गरेका हुन् 

मञ्चका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार सो खुल्लापत्र ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ टेलिभिजन कार्यक्रममा र ‘हेलो सरकार’को फेसबुक पेजमा प्रेसित गरिएको छ । त्यसैगरी भन्सार विभागलाई समेत इमेल पठाइएको छ । 

PM-lai-Patra

PM-lai-Patra-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment